Thursday, August 10, 2017

सिर्जनामा वैचारिकता र प्रलेस - खोमा तरामु मगर

साहित्यिक आन्दोलनको इतिहासमा अहिले प्रलेसको उमेर ६४ वर्ष पूरा भएको छ । रूपन्देहीको हिसाबमा यो झण्डै ५० को सेरोफेरोमा दगुरिरहेको छ । उमेरको दृष्टिकोणले यो समय एउटा मान्छेको जीवनमा साँच्चिकै पूर्ण सचेत र परिपक्क समय हो । अक्षरहरूको दशक घुम्ती र साँघुहरूको म्याराथुनमा पछिल्लो पटक काव्यिकचेतसँगै समयबोधले मलाई पनि प्रलेसमा जोडेको हो । उमेर, अनुभव र अनुभूतिको दृष्टिकोणले मैले प्रलेसको बारेमा धेरै बोल्नु दुस्साहस हुन्छ । तर हामी नयाँ पुस्ताले आज ६४ वर्षपछिको यो समय विन्दुमा उभिएर यसको इतिहास अध्ययन गर्दा सर्जक र विचारकहरूको दूरदर्शिता र निरन्तर संघर्षको परिणाम नै आजको प्रलेस हो । नेपालमा एउटै कम्युनिष्ट पार्टी रहेको अवस्थामा स्थापित प्रलेसले आज दर्जनाै कम्युनिष्ट पार्टीका बीचमा पनि एकीकृत अस्तित्व सहित गतिमान छ ।
रूपन्देहीमा प्रलेस र बुद्धिजीवी
‘पचास रूपैयाँको तम्सुक’ को सेरोफेरोबाट सुरु भएको रूपन्देहीको प्रगतिशील आन्दोलनमा केही तिठा÷नमिठा अनुभवहरू भए पनि समग्रमा प्रगतिशील÷प्रगतिवादी स्रष्टाहरूको साझा मोर्चाको रूपमा सातौं जिल्ला सम्मेलनसम्म आइपुगेको छ । नेपालको वाम आन्दोलनमा देखिएको टुटफुट र एकताको प्रभाव यहाँ पनि परेको छ र त्यसको प्रत्यक्ष प्रभाव प्रलेसमा पनि देखिनु स्वभाविक छ । प्रलेसको विकास र विस्तारमा यहाँका वामपन्थी पार्टीहरूको पर्याप्त ध्यान गएको देखिँदैन । प्रलेस बुद्धिजीवीहरूको साहित्यिक संगठन हो तर सबै बुद्धिजीवीहरू प्रलेसका सदस्य होइनन् र हुन सक्दैनन् । यसमा कम्युनिष्ट पार्टीका सांस्कृतिक संगठनका लेखक, साहित्यकार, संस्कृतिकर्मी एवं बुद्धिजीवीहरू संगठित छन् । वर्गचेतना र प्रतिवद्धताको दृष्टिले लेखक बुद्धिजीवीहरू जनताप्रति उत्तरदायी हुनुपर्ने हो । तर पनि प्रलेस मूलतः सहरका सीमित बन्द कोठा र यसका वरिपरी मात्रै घुमिरहेको छ ।
जनताको बहुसंख्यक हिस्सा सहरभन्दा बाहिर गाउँमा छ । उत्पीडन वा विभेदको कहर सिङ्गै गाउँले भोगिरहेको छ । प्रगतिशील साहित्यलाई जनताको ठूलो हिस्सामा पु¥याउने र क्रान्तिकारी आन्दोलनको जग निर्माण गर्ने काम प्रलेसले गर्नुपर्ने हो । तर त्यसो हुन सकेको देखिँदैन । हिजोका प्रतिपक्षी साहित्यकारहरू चिन्तन, लेखन र जीवनशैलीको दृष्टिकोणले आजका सत्ताधारी जस्ता भएका छन् र सत्ताको स्वीकृति, सम्मान, पद, पुरस्कारमा सीमित हुन थालेका छन् । कम्युनिष्ट पार्टी, लेखक र बुद्धिजीवीहरूको विचारमा देखिएको वैचारिक स्खलन यसको मुख्य कारण हो जस्तो लाग्छ । यस सन्दर्भमा ग्राम्सीले भनेजस्तै परम्परागत बुद्धिजीवीहरू त केवल पुरेत हुन् । माक्र्सवादी सौन्दर्यचेतले उदात्त जैविक बुद्धिजीवीको नेतृत्व र निर्माण आजको प्रलेसको दायित्व हो ।
चिन्तन र विचारधाराको समस्या
प्रलेस विचारप्रति प्रतिबद्ध लेखकहरूको संगठन हो । यसमा सामन्तवाद र साम्राज्यवाद विरोधी लेखकहरू संगठित छन् । द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्यचिन्तनको आधार मानेर कला साहित्यको सिर्जना गर्नु यसको प्रस्तावना हो । प्रलेसका स्रष्टाहरू यसको सीमाभित्र कति प्रतिबद्ध छन् या छैनन् ? प्रश्नहरू सर्वत्र उठिरहेका छन् । यस सन्दर्भमा भेनेज्वेलाकी प्रसिद्ध अभिनेत्री एलिसिया क्याकाडोले एउटा प्रसंगमा भनेकी छन्– ‘ग्लामर अस्थायी हो, चेतना स्थायी ।’ एउटी ग्लामर अभिनेत्रीमा आएको यो आत्मस्वीकृति लेखकहरूका लागि साँच्चिकै उदाहरणीय कुरा हो । तर छ दशकभन्दा लामो समय बिताएको प्रगतिशील लेखनमा चिन्तन क्रमशः कमजोर र ग्लामर विस्तारै बढ्दै जानु चिन्ताको विषय हो ।
यहाँसम्म कि कतिपय लेखकहरू गोजीमा प्रलेसको सदस्यता बोक्छन् र मठमन्दिरको महायज्ञमा प्रवेश गर्छन् । भगवानको नाममा प्रार्थना गर्छन् र भेटी चढाउँछन् । सत्ताको भजनमण्डली गाउँछन्, वर्ग समन्वयको अँध्यारो सुरुङ यात्रा गर्छन् र किसान मजदुरहरूलाई मैला मान्छे ठान्छन् । प्रलेसमा देखिएको यस किसिमको भोगवाद, शून्यवाद, विर्सजनवाद र मूल्यहीनताको डरलाग्दो स्थिति वैचारिक चिन्तन र विचारधारामा आएको समस्या हो ।
बजार र उपभोक्तावाद
प्रविधिको विकाससँगै उपभोक्तावादले ‘डेक्स्टप लडाकु’ नै खडा गरेको छ । त्यसले सबैभन्दा प्रहार मूल्यबोध र सौन्दर्य चेतनामाथि नै गरेको छ । बजारले साहित्यलाई पूरै नियन्त्रणमा राख्न खोजेको छ । लेखक र पाठकलाई उपभोक्ता बनाएको छ । साहित्यकारहरू उत्सवकर्मी बनेका छन् । नेपाली मिडिया र पुस्तक बजारमा कस्मेटिक लेखन केन्द्रमा छ र कालजयी लेखन किनारामा छ । बजारमा पुस्तक प्रकाशक, बिक्रेता, दलाल, मिडियाकर्मी, केही एलिट समीक्षक र हल्लाबाजहरूको अघोषित गठबन्धन छ । गम्भीर र वैचारिक लेखनभन्दा बढी विचारसँग कुनै सरोकार नराख्ने लेखकहरूको मूल्य महङ्गो छ । ‘झुट पनि सय चोटि बोल्यो भने सत्य हुन्छ’ भन्ने गोयबल्स शैलीको सुगा रटाई केही प्रकाशक र प्रचारकहरूले गरिरहेका छन् ।
एकथरी लेखकहरू जसको ध्येय बजारमा बिक्नु मात्र रहेको छ । जसले दलाली मानसिकता र एनजीओ÷आइएनजीओको झोलाबाहेक मस्तिष्कमा अरू केही बोक्दैनन् । उनीहरू बौद्धिकतालाई नाफासँग मात्र जोड्छन् र बिक्रीको माल बनाउँछन् । बजारको चाहना अनुसार लेख्नु गतिविधि गर्नु उनीहरूको दैनिकी हो । बजारलाई फूलबुट्टे शब्दको रत्यौली र पार्कहरूमा समवयी युवतीसँग गरेको रामरमाइलो प्रिय लाग्छ । यद्यपी, यहाँ आधुनिक युगमा बजार केही पनि होइन भन्न खोजिएको होइन, तर बजार मानिसका लागि हो । मानिस बजारका लागि होइन । त्यसैले साहित्यको बजारीकरण विरुद्ध बोल्नुपर्ने संगठन हो प्रलेस । उपभोक्तावादको चरम ‘फेसबुके’ साहित्यले सांस्कृतिक आन्दोलन, लेखन र चिन्तनलाई खोक्रो बनाएको छ । गम्भीर लेखन ओझेलमा परेको छ । चिया पसलका उडन्ते गफहरू कृति र लेखकको स्तरीयता मापनको आधार बनेको छ । भाडाको लेखक मौलाएको छ । प्रचार आतंकले कुरूपलाई सुन्दर, सुन्दरलाई कुरूप बनाएको छ । अझ रोचक पक्ष के छ भने रङ खुइलिएका तर आफूलाई क्रान्तिकारी भन्नेहरू समेत उसैको पछाडि कुद्नु उदेक लाग्दो छ । यी गतिविधिहरू प्रलेसको उद्देश्यसँग मेल खाँदैनन् । साहित्यको बजारीकरण र उपभोक्तावादी चिन्तनविरुद्ध प्रतिपक्षी लेखन आजको प्रलेसकोे दायित्व हो ।
वैचारिक प्रतिबद्धता र हस्तक्षेप
नेपालमा संविधानको घोषणा गरिएको छ तर राज्यसत्तामा श्रमजीवि वर्गको अधिकार स्थापित हुने गरी जनगणतन्त्र आएको छैन । वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडन कायमै छ । सुगौली सन्धिदेखि झाङ्गिदै आएको भारतको विस्तारवादी चरित्र नाङ्गै छ । साम्राज्यवादी आर्थिक, सांस्कृतिक भूमण्डलीकरण व्याप्त छ । देशमा ‘वामपन्थी’ नामको सरकार छ तर देश र जनताको अवस्था झन् जटिल छ । असमान राष्ट्रघाती सन्धिसम्झौताहरू थोपरिएका छन् । आधुनिक दासको रूपमा लाखौं युवाहरू विदेशिन बाध्य छन् र कफिनमा फर्किएका छन् । वैदेशिक हस्तक्षेपका कारण नेपाली मौलिक संस्कृति तहसनहस भएको छ ।
सांस्कृतिक आन्दोलनले निर्मम वैचारिक संघर्षको माग गरेको छ । लेखन र व्यवहारमा गतिशीलता विना यो सम्भव छैन । केही लेखक भनिनेहरू नै ‘प्रगतिशीलता’ को नाममा यथास्थितिलाई बचाउन न्वारनदेखिको बल लगाइरहेका छन् । छलफल÷बहस विचार दृष्टिकोणमा होइन, व्यक्तिगत गालीगलौजमा पुगेका छन् । आत्मकेन्द्रीत चिन्तन र सामन्ती दम्भ सतहमा उदाङ्गो भइरहेको छ । प्रलेस प्रगतिशीलताको नाममा बुढ्यौली उमेरमा घाम ताप्ने र कमजोरी लुकाउने सुरक्षित विश्रामस्थल बनाउन खोजिएको छ । साझाको नाममा यी घोर प्रतिक्रियावादीहरू संगको गठजोडले अन्ततः प्रगतिशील आन्दोलनको विरासतलाई गिज्याएको छ र केही ‘इमान्दार जागिरेहरू’ को हातमा फेला परेको प्रलेस ‘रूपवाद’ मा बदलिने खतरा बढ्दो छ ।
एकीकृत प्रतिरोधी सिर्जना
भूमण्डलीकरणले सिर्जना गरेको व्याप्त रूपवाद र बजारवाद आजको ठूलो चुनौती हो । यसका विरुद्ध यहाँका लेखक साहित्यकारहरूको ध्यान पुगेको छैन । हामी कुनै किनारामा हराएका यात्रीजस्ता भएका छौं । प्रतिरोधी चिन्तन र सिर्जना आजको आवश्यकता हो । प्रतिरोधी सिर्जनात्मक हस्तक्षेप बढाउने र विरोधीहरूको बजारवादी अभियान विरुद्ध प्रलेसले वैचारिक लडाई लड्नुपर्छ । भाषिक–सांस्कृतिक एवं पहिचानका मुद्दाहरूलाई वर्गसंघर्षको आन्दोलनसँगै जोडेर लैजान नसक्नु प्रलेसको अर्को चुनौती हो । यसलाई सँगसँगै जोडेर नलैजाँदासम्म हामी बाह्य हस्तक्षेपसँग लड्न सक्दैनौ ।
यसको सुरुवात र नेतृत्व प्रलेस रूपन्देहीले यहीबाट गर्नुपर्छ । आलोचनात्मक यथार्थवादी चेतना बोकेका सामान्य प्रगतिशील स्रष्टादेखि समाजवादी यथार्थवादसम्मका एकीकृत नेतृत्व र प्रतिरोधी चेतनाले मात्रै यो सम्भव छ ।
http://www.dainikpatra.com बाट साभार 

Friday, May 19, 2017

तस्विरहरुमा : वरिष्ठ साहित्यकार श्याम प्रसाद शर्मा



युवा उमेरमा श्यामप्रसाद शर्मा  
कवि संगीतस्रोताबाट प्राप्त फोटो  (तस्बिरः मदन पुरस्कार पुस्तकालय)



श्यामप्रसाद शर्मा


श्यामप्रसाद शर्मा  






प्रलेसको सातौँ राष्ट्रिय सम्मेलन, पुलचोक ललितपुरमा साहित्यकार कपिल लामिछानेसँग श्यामप्रसाद ।  

प्रलेसको सातौँ राष्ट्रिय सम्मेलन, पुलचोक ललितपुरमा उद्घाटन मन्तव्य राख्दै संस्थापक अध्यक्ष श्यामप्रसाद शर्मा। 
श्यामप्रसाद

श्यामप्रसाद


श्यामप्रसादसँग अन्तर्वार्ता लिंदै समालोचक बन्दना ढकाल 

श्यामप्रसादसँग अन्तर्वार्ता लिंदै कवि संगीतस्रोता 

श्यामप्रसादसँग प्राज्ञ डा. जीवेन्द्रदेव गिरी र कवि नमिता भारती 

श्यामप्रसादसँग प्राज्ञ डा. जीवेन्द्रदेव गिरी र कवि नमिता भारती 


२०७३ को देउसीमा श्यामप्रसाद शर्माको निवास कमलपोखरीमा प्रलेसका अध्यक्ष मातृका पोखरेलसँग ।     

२०७३ को देउसीमा श्यामप्रसाद शर्माको निवास कमलपोखरीमा प्रलेसका अध्यक्ष मातृका पोखरेलसँग ।   

श्यामप्रसाद

२०७३ को देउसीमा श्यामप्रसाद शर्माको निवास कमलपोखरीमा प्रलेसका महासचिव एवं कवि आर.एम.डंगोलसँग  

२०७३ को देउसीमा श्यामप्रसाद शर्माको निवास कमलपोखरीमा प्रलेसका पदाधिकारीहरु । 

प्रलेसको सातौँ राष्ट्रिय सम्मेलन, पुलचोक ललितपुर

प्रलेसको सातौँ राष्ट्रिय सम्मेलन, पुलचोक ललितपुर

श्यामप्रसादसँग मातृका पोखरेल 

श्यामप्रसादसँग मातृका पोखरेल 

श्यामप्रसादसँग मातृका पोखरेल 

श्यामप्रसादसँग मातृका पोखरेल 

श्यामप्रसादसँग मातृका पोखरेल 

श्यामप्रसादसँग मातृका पोखरेल 
श्यामप्रसाद प्रलेसको पाँचौ राष्ट्रिय सम्मेलनमा  (फोटो स्रोत - कवि बलभद्र भारती )



श्यामप्रसाद प्रलेसको पाँचौ राष्ट्रिय सम्मेलनमा  (फोटो स्रोत - कवि बलभद्र भारती )

श्यामप्रसाद प्रलेसको पाँचौ राष्ट्रिय सम्मेलनमा (फोटो स्रोत - कवि बलभद्र भारती )


प्रगतिशील लेखक संघ,नेपालकाे तेस्रो राष्ट्रिय सम्मेलन २०५०/०९/१६ र१७, नेपाल ईन्जिनियरिङ कलेज,थापाथलीमा
श्यामप्रसाद शर्मा लगायत ।
(फोटो स्रोत - कवि बलभद्र भारती )

प्रलेसकाे तेस्रो राष्ट्रिय सम्मेलन २०५०/०९/१६र१७ मा अध्यक्ष निर्वाचित
श्यामप्रसाद शर्मालगायत निर्वाचित सम्पूर्ण पदाधिकारी,थापाथली,काठमाडौं ।
(फोटो स्रोत - कवि बलभद्र भारती )

प्रलेस,नेपालकाे अायाेजना एवं प्रलेस,सुर्खेतको आयोजनामा (२०५१/०९/२५र२६,सुर्खेत)  सम्पन्न "प्रगतिशील साहित्यमा सरलता र                 स्तरीयताकाे प्रश्न " विषयक विचारगाेष्ठीमा श्यामप्रसाद शर्मा,वरिष्ठ साहित्यकारहरु तथा जनगायक मञ्जुल गीत प्रस्तुत गर्दै                     (फोटो स्रोत - कवि बलभद्र भारती )।

प्रगतिशील लेखक संघ,नेपालकाे तेस्रो राष्ट्रिय सम्मेलन २०५०/०९/१६ र१७, नेपाल ईन्जिनियरिङ कलेज,थापाथलीमा
श्यामप्रसाद शर्मा लगायत ।
(फोटो स्रोत - कवि बलभद्र भारती )
एक कार्यक्रममा श्यामप्रसाद / फोटो : साहित्यकार  नरनाथ लुइंटेलबाट प्राप्त  

श्याम प्रसाद , शक्ति लम्साल र रमेश विकल / फोटो स्रोत : डा. मुकेश चालिसे 

सत्यमोहन जोशी, श्याम प्रसाद , शक्ति लम्साल र रमेश विकल / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद  र डा. मुकेश चालिसे  / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद , तेजेश्वरबाबु ग्वंग र मुक्तिनाथ शर्मा  / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद र जनक चालिसे / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद र डा. मुकेश चालिसे  / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद लगायत साहित्यकारहरु   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद    / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद    / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद लगायत साहित्यकारहरु   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद लगायत साहित्यकारहरु   / फोटो स्रोत : डा. मुकेश चालिसे 

मदन मल्ल , श्याम प्रसाद डा. मुकेश चालिसे    / फोटो स्रोत : डा. मुकेश चालिसे 

 श्याम प्रसाद र डा. मुकेश चालिसे    / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद लगायत साहित्यकारहरु   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद    / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद लगायत साहित्यकारहरु   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद    / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद लगायत साहित्यकारहरु   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद, चुडामणि रेग्मी  लगायत साहित्यकारहरु   / फोटो स्रोत : डा. मुकेश चालिसे 

परिवार लगायत साहित्यकारहरुका साथ श्यामप्रसाद   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद लगायत साहित्यकारहरु   / फोटो स्रोत : डा. मुकेश चालिसे 

विशेष मुद्रामा श्यामप्रसाद    / फोटो स्रोत : डा. मुकेश चालिसे 

गोविन्द भट्ट र श्यामप्रसाद   / फोटो स्रोत : डा. मुकेश चालिसे 

कवि युद्धप्रसाद मिश्रका छोरीका साथ् श्यामप्रसाद   / फोटो स्रोत : डा. मुकेश चालिसे 

विशेष मुद्रामा श्यामप्रसाद    / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद लगायत साहित्यकारहरु   / फोटो स्रोत : डा. मुकेश चालिसे 

गोविन्द भट्ट र श्यामप्रसादको फोटो लिंदै डा. मुकेश चालिसे
   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद र
   / फोटो स्रोत : डा. मुकेश चालिसे 

विशेष मिद्रामा श्यामप्रसाद
   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद र मदन मल्ल
   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्यामप्रसाद अन्य साहित्यकारहरु सँग
   / फोटो स्रोत : डा. मुकेश चालिसे 

जनकप्रसाद हुमागाईं ,श्यामप्रसाद र प्रदीप ज्ञवाली
   / फोटो स्रोत : डा. मुकेश चालिसे 

श्याम प्रसाद , शक्ति लम्साल र रमेश विकल / फोटो स्रोत : डा. मुकेश चालिसे