Sunday, August 31, 2025

प्रगतिशील लेखक सङ्घको ऐतिहासिकता र वर्तमानमा केही अपेक्षाहरू - मातृका पोखरेल

 स्थापनाको ऐतिहासिक सन्दर्भ

हाम्रो इतिहासदेखि नै साहित्य र कलाको क्षेत्रमा जुन गतिका साथ विकास हुँदै आएको छ, त्यसको पछाडि मानव जातिको सामाजिक र ऐतिहासिक विकास पनि अभिन्न रूपले गाँसिएको छ । नेपालमा प्रगतिशील लेखक सङ्घको स्थापना पनि यही ऐतिहासिक प्रक्रियाको निरन्तरता हो । वि.सं. २००७ साल र त्यो भन्दा अगाडिका राजनीतिक घटनाक्रम, सामन्तवादविरुद्धको सङ्घर्ष र विश्वव्यापी जनवादी आन्दोलनहरूको प्रभावले नेपाली साहित्यलाई जनमुखी, यथार्थवादी र प्रगतिशील बनाउने आवश्यकता सिर्जना भयो ।
वि.सं. २००९ मा प्रगतिशील लेखक सङ्घको स्थापना स्वस्फूूर्त नभएर समयको आवश्यकता थियो । पश्चिम नेपालमा वि.सं. १८०४ मा जन्मिएका शशिधर पौडेलले जोसमनी सन्त परम्पराको अनुुयायी बनेर सञ्चालन गरेको अभियान, ज्ञानदिलदासको अभियान, योगमायाको अभियान, वि.सं. १९७७ सालको मकैपर्व, धरणीधर कोइरालाको ‘नैवेद्य’ प्रकाशन आदि अभियान र प्रकाशनले प्रगतिशील साहित्यिक आन्दोलनको महत्त्वपूूर्ण आधारभूूमि तयार भइरहेको थियो । यी सबै घटनाहरूको प्रभाव स्वरूप नेपालका बुुद्धिजीवी र साहित्यकारहरूलाई एउटा बलियो संगठनको आवश्यकता परिरहेको थियो । त्यही आवश्यकताको बीचबाट प्रगतिशील लेखक सङ्घको जन्म हुनपुुग्यो ।
प्रगतिशील साहित्यिक अभियान र सङ्गठित ढङ्गले अघि बढ्नुुका पछाडिको पृष्ठभूूमि खोज्दै जाँदा हामी धेरै टाढा अर्थात् प्राथमिक कालतिरै पनि पुुग्न सक्दछौं । प्राथमिक कालमा भानुुभक्त आचार्यहरूले रामकथाका माध्यमबाट जसरी नेपाली समाजमा आध्यात्मिक आदर्श र भाग्यवादको प्रचार गरिरहेका थिए, त्यसको विरुद्धमा निर्गुुण भक्तिधाराअन्तर्गतका सन्त साहित्यकारहरूले सामाजिक विकृति, धार्मिक विकृति, कर्मकाण्डीय विकृतिका विरुद्धमा आलोचनात्मक चेतना सहितको साहित्य सिर्जना गरे । त्यतिबेलैदेखि धार्मिक पाखण्डका विरुद्ध आलोचनाको स्वर प्रकट हुनथाल्यो । माध्यमिक काललाई हामी शृङ्गारकालका रूपमा लिने गर्छौं । राणाशासनको जाँतोमुुनि चेपिएको अवस्थामा शासकहरूको खुुसी पार्नु साहित्यको प्रधानता रहेको समयमा सामाजिक चिन्तनमुुखी प्रभाव खासै पाइँदैन । उन्नाइसौं शताब्दीको अन्तिमतिर सामन्ती सोच र संस्कारका विरुद्धमा आलोचनात्मक स्वर अघि बढेको पाइन्छ । सुधारवादी आर्य समाजी विचारको प्रचार, मकै काण्ड, पुस्तकालय काण्ड, "नपुंशक राणाहरू" लेखेबापत लक्ष्मीनन्दन चालिसेलाई जेल सजाय र मृत्यु हुनेबेलामा बाहिर निकालिनु, शारदा पत्रिकामा फाट्टफुट्ट प्रकाशित राणाशासन विरोधी आवाजहरू देखा पर्न थाल्दछन् । धरणीधर कोइरालाले ‘नयपाली ठिटो’ कविता मार्फत गणतन्त्रको चेतना प्रकट परे । गोपालप्रसाद रिमालले ‘आमाको सपना’ कविता मार्फत क्रान्तिचेतनाको अभिव्यक्ति दिए । उनका क्रान्तिधर्मी कविताबाट नेपाली प्रगतिवादी कविताको आरम्भ र विकासमा महत्वपूूर्ण पृष्ठभूूमि निर्माण भएको छ । वि.सं. २००३ /००४ तिर लक्ष्मीप्रसाद देवकोटाको ‘साँढे’ ‘प्रभुुजी ! मलाई भेडो बनाउ’, जस्ता कविताले तत्कालीन निरङ्कुुशता र उत्पीडनको विरुद्ध आलोचनात्मक स्वर प्रकट भयो ।
नेपालमा प्रगतिशील चेतनाको विकासमा अन्तर्राष्ट्रिय प्रभावको पनि ठुलो भूमिका छ । सन १९१७ को युगान्तकारी रूसी समाजवादी क्रान्तिले विश्वमा जसरी हलचल पैदा गऱ्यो, नेपाल पनि त्यसबाट अछुतो रहने कुरै थिएन । सञ्चार र सूचनाको अभावको बिचमा ढिलै भए पनि त्यसको प्रभाव आइनपुग्ने कुरै थिएन । त्यो घटनाले नेपालका सचेत व्यक्तिहरूलाई परिवर्तनको निम्ति केही गर्नै पर्छ भन्ने एउटा छट्पटी पैदा गरायो । भारतीय भूमिमा भएको अङ्ग्रेज बिरोधी आन्दोलन, त्यहाँका मार्क्सवादी गतिविधिहरू, माओत्सेतुङको नेतृत्वमा भएको चिनियाँ क्रान्ति आदिका कारण द्वन्दात्मक भौतिकवादी दर्शनको प्रभाव नेपाली बुद्धिजीविहरुमा व्यापक स्तरमा पर्न थालेको थियो । भारतमा अध्ययन गर्न गएका सचेत प्रगतिशील कृति र रचनाहरू नेपाल पठाउने , ठाउँठाउँमा अध्ययन मण्डल बनाउन प्रेरित गर्ने कार्य गर्न थाले । यसै सन्दर्भमा राणाकालमैं श्यामप्रसाद शर्माले नक्खु जेलमा चलाउनु भएको साहित्यिक अभियान उल्लेखनीय छ । युवाहरूमा आएको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभावले वि .सं . २००४ सालको बिराटनगरको मजदूर आन्दोलन पनि यहाँ उल्लेखनीय छ । त्यस्तै वि.सं. २००६ सालमा औपचारिक रूपमा श्रमजीवि जनताको राजनीतिक प्रतिनिधि संस्था नेपालमा कम्युुनिस्ट पार्टीको स्थापना भएपछि नेपालमा मार्क्सवादी चिन्तन र दर्शनको औपचारिक प्रवेश भयो । वि.सं. २००७ कै सेरोफेरोमा नेपालमा प्रगतिवादी साहित्यले गति लिन थाल्यो । वि.सं. २००८ मै कृष्णचन्द्रसिंह प्रधानले ‘भन्ज्याङ्निरै’ कवितासङ्ग्रह प्रकाशनमार्फत् पहिलोपटक प्रगतिशील साहित्यिक कृति नेपाली साहित्यले प्राप्त गऱ्यो ।
वि.सं. २००९ सालमा प्रगतिशील लेखक सङ्घको स्थापना पछि नेपाली साहित्यमा नयाँ दृष्टिकोण र नयाँ सोचको विकास तीव्र रूपमा भयो । यथास्थितिभन्दा केही अघि बढ्ने दृष्टिकोण भएका स्रष्टालाई यसले भरपर्दो छहारी प्रदान गऱ्यो । लेखकहरूले वैचारिक लक्ष्य र आदर्शलाई कला साहित्यमा स्थापित गर्न थाले । सामन्तवाद र साम्राज्यवाद विरोधी धारणाले बल पाउन थाल्यो । प्रगतिशील लेखक सङ्घको स्थापनापछि प्रगतिशील भावधारामा सिर्जना गरिरहेका स्रष्टाहरू क्रमशः प्रगतिवादी धारा अर्थात् मार्क्सवादी धारामा सिर्जना गर्न पुुग्दछन् । प्रगतिशील लेखक सङ्घकै अगुवाइमा नयाँ पुुस्ताले एउटा विद्रोही चेतना भेट्यो । गोकुुल जोशी, केवलपुुरे किसान आदिका कविताहरूले कविता ‘मालिक’हरूको सेवामा मात्र फन्को मारेर बस्ने कुुरा होइन, झुुप्राहरूमा बस्ने शोषित पीडितहरूको पक्षमा पनि बोल्न सक्दो रहेछ भन्ने सन्देश जनजनको बीचमा पुुग्यो । नेपाली युुवामा आएको राष्ट्रिय अन्तर्राष्ट्रिय जागरणको हुुटहुुटी र छटपटीको परिणाम स्वरूप यो संस्था स्थापित भएपछि प्रगतिशील साहित्यिक पत्रिकाहरू व्यवस्थित रूपमा निस्कन थाले । श्यामप्रसाद शर्मा, केवलपुुरे किसान, गोकुुल जोशी, युुद्धप्रसाद मिश्र, भूपि शेरचन, रमेश विकल, आनन्ददेव भट्टहरूले प्रगतिशील साहित्यको आरम्भिक कालमा संगठन र सिर्जनाका दुवै क्षेत्रबाट सक्रिय हस्तक्षेप गरे ।
वि.सं. २००७ को सेरोफेरोबाट सुुरु भएको नेपाली साहित्यको नवीन सोच र चिन्तनलाई सङ्घले सांगठनिक नेतृत्व प्रदान गरेर अघि बढेको पाइन्छ । स्थापनाको पहिलो दशकसम्म यो संस्थाको सक्रियता मनग्गे देखिए पनि वि.सं. २०२० पछि भने लामो समय निष्क्रिय अवस्था रह्यो । तर पनि प्रगतिशील स्रष्टाहरूले कला साहित्यमा विचार, दर्शन, यथार्थ र कल्पनाको समन्वय गरेर सिर्जना गर्न छाडेनन् । निरङ्कुुश पञ्चायती व्यवस्थाको विरुद्धमा प्रगतिशील स्रष्टाहरूले अग्रिम मोर्चामा रहेर अभिव्यक्तिको माध्यमबाट मात्र नभएर भौतिक रूपमै सडकमा उत्रिए । तीसको दशकमा बुुटवलमा गठित रेलिमाइ सांस्कृतिक मण्डल र त्यसपछि राष्ट्रिय गतिविधिमै सर्वाधिक चर्चित ‘संकल्प’ परिवार र ‘वेदना’ परिवारको सक्रियताले नेपाली समाज रूपान्तरणकै इतिहासमा सर्वाधिक महत्व राख्दछ ।
वि.सं. २०४६ चैत्र ३ को प्रदर्शन होस् या २०५८ /०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको निरङ्कुुशताका विरुद्धमा सञ्चालित आन्दोलनका सन्दर्भमा बनेका प्रतिगमन विरोधी स्रष्टाहरूको संयुुक्त समिति वा लोकतान्त्रिक स्रष्टाहरूको संयुुक्त मञ्चको स्थापना र गतिविधिमा प्रगतिशील लेखक सङ्घको नेतृत्वदायी भूूमिका रह्यो ।
प्रगतिशील लेखक सङ्घको स्थापनापछि नेपाली साहित्यमा स्थापित नयाँ सौन्दर्य चेतना अहिलेसम्म आइपुुग्दा नेपाली साहित्यको गौरवमय राजमार्गमा यात्रारत छ । यतिबेला प्रगतिशील लेखक सङ्घसँग यात्रारत स्रष्टाहरुले केही महत्त्वपूूर्ण प्रश्नहरूको उत्तर खोजिरहेका छन् । हामी यी प्रश्नका उत्तरहरू कसरी गम्भीरतापूूर्वक दिने कोसिस गर्छौं, प्रगतिशील आन्दोलनको भविष्य त्यसैमा निर्भर छ ।

केही ज्वलन्त प्रश्नहरू र केही अपेक्षाहरू

वर्तमानसम्म आइपुुग्दा प्रगतिशील लेखक सङ्घमाथि केही प्रश्नहरू गम्भिरताका साथ नउठेका होइनन् । सङ्घमाथि मात्र होइन, प्रगतिशील लेखकमाथि पनि उठेका छन् । प्रगतिशील साहित्य र संस्कृतिको हितका निम्ति उठेका प्रश्नहरूप्रति सकारात्मक धारणासहित हामी अगाडि बढ्नुु जरुरी छ ।
प्रगतिशील लेखक सङ्घ सम्पूर्ण प्रगतिशील साहित्यकारहरूको साझा मोर्चा हो । नेपाली जनताको हित चाहने लेखक सबैलाई यस संस्थामा गोलबन्द हुने वातावरण मिलाउन जरुरी छ । हामीले भोक, गरिबी, उत्पीडन, अज्ञानता र अन्धविश्वासबाट मुुक्त जीवनको निर्माणका निम्ति नेपाली श्रमजीवी जनता सँगसँगै समाजको स्वरूप देख्नुुपर्छ । हाम्रा सिर्जना त्यही स्वप्नका कथा हुनुुपर्दछ ।
'हाम्रो संगठनका यति हजार सदस्य भए ! पाँच दर्जनभन्दा बढता जिल्लामा जिल्ला समितिहरू भए !' प्रगतिशील लेखक सङ्घमा काम गर्ने केही साथीहरूले तर्क गरेको सुनिन्छ । यस्तायस्ता कुरा अचेल अलिक धेरै सुनिन्छन् । मानिसहरूका बीचमा पुग्न यो पनि चाहिन्छ तर प्रगतिशील लेखक सङ्घका लागि यो प्राथमिक कुरा होइन । सहायक कुरामात्र हो । हामी मध्ये केही साथीहरूलाई लागेको हुनसक्छ, हिड्नुमात्र र संगठन चलाउनुमात्र ठुलो कुरा हो । तर यो होइन । हिड्नु र संगठन चलाउनुमात्र महत्वपूर्ण कुरा होइन । मूल कुरा वैचारिक र सिर्जनात्मक ढङ्गले हस्तक्षेप गर्नसक्नु हो । अब प्रगतिशील लेखक सङ्घका साथीहरूले भन्न सक्नुपर्छ । नेपाली साहित्यका विविध विधामा प्रगतिशील कृतिहरू यति प्रकाशित भए भनेर । प्रगतिशील लेखक सङ्घ सिर्जनात्मक वैचारिक संस्था हो । यो अरू संगठनजस्तो होइन । साहित्यका नाममा खुलेका थुप्रै संगठनहरू छन् । तर प्रगतिशील लेखक सङ्घ ती सबैभन्दा विशिष्ट प्रकृतिको संगठन हो । यसले गर्दा सहायक काम प्राथमिक जस्तो प्राथमिक काम सहायक जस्तो बन्न जाने स्थिति देखिन्छ । यसतर्फ प्रगतिशील लेखक सङ्घसँग सम्बद्ध साथीहरू सचेत रहन जरूरी छ ।
यताका केही वर्षदेखि प्रगतिशील लेखनमा वैचारिकताको अभाव रहेको धारणा धेरैतिरबाट आउन थालेको छ । पुरानो पिँढीमा देखापरेको वैचारिक निख्खरता नयाँ पिँढीमा नरहेको चर्चा चलिरहेकै छ । प्रगतिशील आन्दोलनमा हिँड्नेहरूका निम्ति यो समीक्षाको विषय हो । प्रतिबद्ध लेखन प्रगतिवादी लेखनको आधार हो । प्रतिबद्ध लेखनका बारेमा प्रगतिशील संगठनहरूमा हिँड्नेहरूमै द्विविधा देखिएको छ । प्रगतिशील सङ्घ /संगठनमा हिँड्नेहरू नै सबै साहित्य प्रगतिशील हुुन्छ भनेर गैरवैचारिक कुरा गर्नेहरूको संख्या बढ्दो छ । यो दृष्टिकोणको भयङ्कर समस्या हो । यो प्रगतिशील आन्दोलनको विरोधी कुरा हो । हाम्रो प्रगतिशील आन्दोलन दृष्टिकोणको समस्याबाट ग्रस्त छ भन्ने यो ठूूलो प्रमाण हो ।
नेपाली समाजमा व्यापक परिवर्तन आइरहेकै छ । पुराना विश्वास र मान्यताका आधारमा जगहरू हल्लिरहेका छन् । प्रगतिशील साहित्यमा सच्चाउनै पर्ने अर्को समस्या गुुटगत समस्या हो । यो समस्याले प्रगतिशील साहित्य अघि बढ्न केही अप्ठ्यारो परिरहेको छ । गुुटगत स्वार्थका कारण राम्रो साहित्य पछि पर्ने र कमजोर साहित्यको बढी चर्चा हुुने सम्भावना बढ्छ । यही कारण सम्पूर्ण प्रगतिशील साहित्यकारहरूबीच भाइचारा सम्बन्ध स्थापित हुन सकिरहेको छैन । कतिपय सन्दर्भमा प्रतिपक्षी लेखक /साहित्यकारहरू भन्दा प्रगतिशील लेखन क्षेत्रका स्रष्टाहरू प्रति अनावश्यक आलोचनात्मक हुने प्रवृत्ति पनि देखिएको छ । यो चिन्तन आफैंमा अप्रगतिशील हो । यस्ता केही महत्वपूूर्ण समस्याहरू प्रगतिशील आन्दोलनमा भएका कारण यो आन्दोलन प्रहार गर्नुुपर्ने ठाउँमा प्रहार नगरी आफै त्यसै भौँतारिएको महसुुस हुुन्छ ।
प्रगतिशील रचना कसले लेख्छन् ? के बामपन्थी पार्टीका सदस्यले मात्र प्रगतिशील रचना गर्छन ? यो प्रश्नलाई पनि गम्भीरतापूर्वक लिंदै राम्रो हुन्छ । नेपालका वामपन्थी राजनैतिक पार्टीहरूमा समावेश नभई स्वतन्त्र रहेर सिर्जनकर्ममा लागेका धेरै स्रष्टाहरू छन् । हाम्रो आन्दोलनभित्रका समालोचकहरूबाट गहिरिएर यसलाई अध्ययन र मूल्याङ्कन गर्ने काम भएको छैन । अहिले त कहीँकहीँ कस्तो विडम्बना देख्न थालिएको छ भने कम्युनिष्ट पार्टीमा सङ्गठित रहेका साहित्यकारहरूभन्दा कम्युनिष्ट पार्टीमा सङ्गठित नरहेका केही साहित्यकारहरूले समाजको यथार्थलाई अभिव्यक्त गरिरहेकाछन् । कम्युनिष्ट पार्टीमा सङ्गठित रहेका केही लेखकहरूको लेखन नेपाली समाजको यथार्थ भन्दा टाढा कतै बरालिएको जस्तो, नेताहरूको प्रशंसामा अनावश्यक समय दिएकोजस्तो पनि देखिने गरेको छ । सिर्जनामाथि केन्द्रित रहेर त्यसको रूप र सारतत्वमाथि छलफल हुने क्रम पुरै घटेर गएको छ । कतिपय अवस्थामा पार्टीमा संगठित रहेका लेखकहरूकै लेखन भने जनजीवनको वास्तविक पीडाभन्दा टाढा रहँदै नेताको प्रशंसा र राजनीतिक नारा–सिर्जनामा सीमित भएको देखिन्छ । यसरी साहित्य सत्ता–समर्थनको माध्यममा मात्र परिणत हुन्छ, तब प्रगतिशीलताको वास्तविक उद्देश्य पक्कै कमजोर हुन्छ ।
अझ अर्को विडम्बना अहिले त के देख्न थालिएको छ भने प्रगतिशील लेखक सङ्घमा आबद्ध रहेका लेखकहरू वा समालोचकहरू प्रतिध्रुवका लेखक साहित्यकारहरूलाई खुसी पार्न उनीहरूको व्यक्तित्वको अतिरंजित चर्चा गर्ने, समीक्षा गरिदिने क्रम बढेको देखिन्छ । प्रगतिशील लेखक सङ्घसँग आबद्ध लेखकहरूको उल्टो हिँड्ने कार्यले प्रगतिशील आन्दोलनलाई घाटा पुऱ्याउँछ ।
नेपाली समाजमा कुनै तत्विक परिवर्तन आएको छैन भन्ने धारणा पनि प्रगतिशील शिविरबाटै उठ्ने गरेको छ । उग्र बामपन्थ दृष्टिकोणबाट ग्रस्त यो चिन्तनले नेपाली समाजको विश्लेषण गर्न कदापि सकिँदैन । यो चिन्तन बोकेर अहिलेको अवस्थामा हामीले लड्नुपर्ने नयाँ शक्तिलाई प्रहार गर्न सक्दैनौं । नेपाली जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त अधिकारलाई कम आँक्ने यो चिन्तनले जनपक्षधरतालाई प्रतिनिधित्व गर्न सक्दैन । प्राप्त अधिकारलाई जोगाउँदै अघि बढ्नु नै अहिले हाम्रो साहित्यको स्वर बन्न सक्नुपर्छ ।
अहिलेको युवापुस्ताले कस्तो विचारधारा ग्रहण गरिरहेकाछन् ? कतै उनीहरू निराशावादी विचारबाट ग्रस्त त छैनन ? हाम्रा लागि यो चिन्ताको विषय बन्नुपर्छ । यो अबको प्रगतिशील लेखक सङ्घजस्ता संस्थाहरुको सरोकारको विषय बन्नुपर्छ । अहिलेको नयाँ पुस्ताको कलममा नयाँ समाजको सपना छ कि छैन भनेर अनुगमन गर्ने र वातावरण निर्माण गर्ने कार्यमा प्रगतिशील लेखक सङ्घको ध्यान पुग्नुपर्छ । सामन्ती संस्कृति हाम्रो नसानसामा जरो गाडेर बसेको छ । साम्राज्यवादी संस्कृतिले नयाँ रूप कलेवरमा हाम्रा सांस्कृतिक मूूल्यहरूमाथि आक्रमण गरिरहेको छ । देशमा व्याप्त अँध्यारो संस्कृति फालेर उज्यालो संस्कृति स्थापना गर्न कटिबद्ध हुनेहरूले प्रगतिशील लेखक सङ्घलाई नयाँ उत्साहका साथ अघि बढाउनु सिवाय अर्को विकल्प छँदै छैन ।
के प्रगतिशील अभियानमा जोडिएका हामी लेखकहरू वर्गीय चेतनाको विकास गर्न र संघर्षप्रति प्रतिबद्ध छौं ? यो प्रश्न यसबेला हामीमाथि उठ्ने सर्वाधिक ज्वलन्त प्रश्न हो । वर्गीय समाजमा वर्गसङ्घर्ष नै सम्पूर्ण सामाजिक प्रगतिको मुख्य प्रेरक शक्ति रहन्छ । यस्तो समाजमा साहित्य पनि स्वभाविक रूपले वर्गीय नै हुन्छ । वर्गीय समाजमा साहित्य पनि निरन्तर चलिरहने बौद्धिक सांस्कृतिक हतियार हो । प्रगतिशील साहित्यले आम श्रमजीविको हितमा, समाजवादको पक्षमा, राष्ट्रियता र अन्तराष्ट्रिय भाइचाराको पक्षमा, सबैप्रकारका स्वदेशी तथा विदेशी, सामाजिक तथा जातीय भेदभावको विरूद्ध सङ्घर्ष गर्न प्रेरित गर्छ ।
वि.सं. २००७ सालको आन्दोलनपछि प्राप्त अधिकार सामन्ती राजतन्त्रको नेतृत्वमा २०१७ सालमा खोसिए जस्तै अहिले पनि ०६२ /६३ को आन्दोलनबाट प्राप्त अधिकार फेरि खोस्ने अभियानहरू सञ्चालन भइरहेकै छन् । प्राप्त अधिकारलाई स्थापित गर्दै जनताका अन्य अधिकारका लागि सङ्घर्षको तयारी गर्न आह्वान गर्ने साहित्य सिर्जना अहिलेको माग हो । यतिबेला प्रगतिशील लेखकहरूले महत्व दिनुपर्ने विषय हो ।
मूलत : श्रमजीवी जनतासँगको दूरी दिनहुँ बढ्दै गएको देखिन्छ । बढ्दै गएको दूरीलाई क्रमश : घटाउँदै कला साहित्यका माध्यमबाट नयाँ र सुुन्दर नेपाल बनाउने अभियानमा हाम्रो अर्थात् प्रगतिशील लेखकहरूको सिर्जनात्मक दृढता समयको माग हो । प्रगतिशील लेखक सङ्घसँग यस संस्थाका शुभचिन्तकहरूको अपेक्षा हो ।
000

Saturday, April 5, 2025

सम्मेलनको पूर्वसन्ध्यामा मिनि सम्मेलन, प्रलेसमा यस्तो भागबण्डा ! ! - जगत वाशिष्ठ




काठमाडौं । प्रगतिशील लेखक संघ नेपाल वामलेखककाे साझा सङ्गठन हाे । प्रलेसमा आवद्ध हुने वाम पार्टीमा नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चा (नेकपा मसाल), नेकपा (माले), नेकपा गरी ६ पार्टीका साहित्य, कला एवम् सांस्कृतिक फाँटका लेखक-साहित्यकारले पदाधिकारी, सचिवालय, केन्द्रीय सदस्य र राष्टिय परिषदमा भागबण्डा टुङ्ग्याएका छन् ।

शुक्रबार नेकपा (एमाले) निकट सांस्कृतिक फाँटकाे जनसंगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालकाे केन्द्रीय कार्यालय बागबजारमा बसेको संयन्त्रकाे बैठकले पदाधिकारीदेखि राष्ट्रिय परिषदसम्मकाे भागबण्डा गरेकाे हो ।
प्रलेसमा पार्टीको आकार अनुसार पदाधिकारीमा नेतृत्वमा आलाेपालाे हुने प्रावधान रहेकाे छ । यसअघि नेतृत्वमा नेकपा माओवादी केन्द्रबाट डा. मधुसूदन गिरी अध्यक्ष र महासचिवमा नेकपा (एमाले)बाट डा. देवि दुलाल क्षेत्री महासचिव थिए ।
तेह्राैं राष्ट्रिय सम्मेलनकाे पूर्वसन्ध्यामा भएकाे पार्टीको भागबण्डामा नेकपा (एमाले)ले अध्यक्षसहित पदाधिकारीमा तीन, सचिवालय सदस्य एक, केन्द्रीय सदस्य ९ र राष्ट्रिय परिषदमा १५ गरी २८ पद पाउने भएको छ । अध्यक्षमा सम्मेलनले औपचारिक घाेषणा गरेपनि हालका महासचिव डा. देवी दुलाल क्षेत्री अध्यक्षमा चुनिने निश्चित जस्तै भएको छ ।
नेकपा माओेवादी केन्द्रबाट महासचिवसहित दुई पदाधिकारी, सचिवालय सदस्य दुई, केन्द्रीय सदस्य सात र राष्ट्रिय परिषद सदस्य १३ गरी २४ पद बाँडफाड गरिएको छ ।
राष्ट्रिय जनमाेर्चा एवम् नेकपा मसालले पदाधिकारीमा एक पद उपाध्यक्ष पाउने भएको छ । विश्वस्त श्राेतका अनुसार बर्तमान उपाध्यक्ष समीर सिंह दाेहाेरिएर उपाध्यक्ष हुने भएका छन् । सिंह एक जना यस अघिको सम्मेलनमा पनि दोहोरिएका एक मात्र पदाधिकारी हुन् ।

सचिवालयमा एक जना, केन्द्रीय सदस्य दुई जना र राष्ट्रिय परिषद सदस्य ५ जना गरी ९ पद नेकपा मसालको लागि सुरक्षित गरिएकाे छ ।

एकीकृत समाजवादी पार्टीलाई पदाधिकारीमा उपमहासचिव एक जना, सचिवालय सदस्य एकजना, केन्द्रीय सदस्य ३ जना र राष्ट्रिय परिषद ६ जना गरी ११ पद दिने सहमति भएको छ ।

नेकपा (माले)ले सचिवालय एकजना, राष्ट्रिय परिषद २ जना गरी ३ पद सुरक्षित गरेकाे छ ।

नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले पदाधिकारी एक जना, सचिवालय एक जना, केन्द्रीय सदस्य दुई जना र राष्ट्रिय परिषद पाँच जना गरी ९ पद पाउने निश्चित गरिएको छ ।

यसरी पदाधिकारी सहित केन्द्रीय समिति ४५ सदस्यीय रहने छ । प्रदेश अध्यक्ष पदेन केन्द्रीय सदस्य हुने व्यवस्था छ भने ३८ केन्द्रीय सदस्य अधिवेशनबाट चुनिने व्यवस्था रहेकाे छ ।

राष्ट्रिय परिषद नामकाे कमिटी ४६ जनाकाे रहने विधानमा व्यवस्था छ । सगाेलमा दुबै कमिटीलाई राष्ट्रिय परिषद नाम दिएर राष्ट्रिय परिषद ९१ जनाकाे हुने बनाईएकाे छ ।

संयन्त्रकाे बैठकमा नेकपा (एमाले)का तर्फबाट प्राडा जीवेन्द्रदेव गिरी, प्रा डा जगत उपाध्याय 'प्रेक्षित' एवम् राष्ट्रिय जनसांस्कतिक महासङ्का अध्यक्ष प्रेमनाथ अधिकारी र उपाध्यक्ष आरसी न्याैपाने थिए ।

नेकपा माओेवादी केन्द्रबाट ईश्वरचन्द्र ज्ञवाली, प्रलेस पूर्व अध्यक्ष एवम् जनसांस्कृतिक महासंघ पूर्व अध्यक्ष मातृका पाेखरेल, डा पुष्करराज भट्ट, डा. केशव सिलवाल रहेका थिए ।

यसरी नै नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरी रहेका थिए भने एकीकृत समाजवादीबाट प्रलेसका पूर्व अध्यक्ष डा. अमर गिरी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ समाजवादीका अध्यक्ष कृपाराम शर्मा धमला एवम् प्रलेसका उपमहासचिव बालमुकुन्द कार्की लगायत रहेका थिए ।

नेकपा मालेबाट डा शालिकराम तिमिल्सेना नेकपाबाट कुशल वोगटी, आरोह नेपालीलगायत भएको बताईएको छ ।

000

https://101khabar.com  बाट साभार