‘म को हुँ भन्ने कुरा नखुलाईकन म शिक्षक बन्न सक्तिनँ ।'
-पाउलो फ्रेरे, लेखक, पेडागोजी अफ द अप्रेस्ड
नेपाली समाजको आमूल परिवर्तनका लागि लागिपरेको पुरानो पुस्ताका थोरैमध्येका अग्रणी व्यक्तित्व साहित्यकार श्यामप्रसाद शर्मा यसै हप्ताको आइतबारदेखि हामीमाझ रहेनन् । सशरीर उनी हामीमाझ नरहनु नेपाली धर्ती कम्पायमान बनाइदिने विषय त बन्दैनथ्यो तर सँगसँगै उनको उपस्थितिको अर्थ बुझेकाहरूका निम्ति यो सामान्य घटना बन्न सक्तैनथ्यो । त्यसैले तिनीहरू नै नेपाल प्रज्ञाप्रतिष्ठानको खुला डबलीमा आएर उनको पार्थिव शरीरको वरिपरि झुम्मिए र शोकग्रस्त मनस्थितिमा उनको अन्तिम बिदाइ गरे । यति सानो कायाको ऊ वास्तवमा को थियो र उसलाई किन प्रज्ञाप्रतिष्ठानको डबलीमा ल्याइएको हो भनेर जिज्ञासा राख्ने खाले मानिसहरू पनि त्यहाँ अलि टाढाबाट हेरिरहेका थिए । तिनले आफ्ना प्राथमिक वा माध्यमिक तहका नेपाली वा सामाजिक अध्ययनका पाठ्यपुस्तकमा नपढेका श्यामप्रसादको नाम थाहा नपाउनु अपराध थिएन ।
यस्तै मानिसहरूको चेतनाको स्तर उकास्ने भनेर जीवनभर सरल भाषामा सल्लाह दिइराख्ने श्यामप्रसाद पनि यसका निम्ति जिम्मेवार थिएनन् । हामीले देखेका छौं, कि त युगलाई फेर्ने बिन्दुमा अग्रमोर्चामा देखिने र बदनाम नहुँदै अस्ताउनेका मलामी धेरै हुन्छन् कि त परि श्रम अतिरिक्तको फोसा दाम थुपारेर फोसामा बाँड्ने सत्ता र शक्तिको मातले छोएका लोकप्रिय बदनामहरूका मलामी धेरै हुन्छन् । श्यामप्रसाद दुवै थिएनन् । त्यसैले त्यहाँ जति थिए, उनको जीवनको अर्थ बुझेर आएका सीमित संख्याका साहित्यकर्मी थिए । तिनमा राजनीतिक क्षेत्रमा नाम कमाएका केपी ओली, सीपी मैनाली र ओनसरी घर्ती थपिएका थिए । सन्तोष मान्नुपर्ने विषय यही नै हो ।
त्यसो त तीन दशकयता जन्मेहुर्केको नयाँ पुस्ताका लागि श्यामप्रसाद उति नसुनिने नाम हो । यो मानिस विद्युतीय मिडियामा छाइरहने खाले आधुनिक भनाइसँग मेल खाने ‘सेलिब्रिटी' थिएन । ऊ नेपालको राजनीतिक तुवाँलोमा अकस्मात् प्रकट भएको सत्तासीन राजनीतिक थिएन । लेखन प्रकाशनजस्तो प्रचारको दुनियाँमा भए पनि मदन पुरस्कारजस्तो सामान्य ज्ञानमा उल्लेख भइरहने पुरस्कारबाट पुरस्कृत व्यक्ति पनि थिएन । विभिन्न टेलिभिजन च्यानलका पर्दामा कम्तीमा हप्ताको एकपल्ट राजनीतिक संवाद गरिरहने राजनीतिक विश्लेषक नामधारी पीएचडी पनि थिएन ऊ । तब उसलाई राम्ररी नचिन्ने पुस्ता पनि यहाँ हुनु आश्चर्यको विषय होइन ।
माओको जीवनलाई आदर्श मानी हिँडेका र दुई-दुइटा बिहे गरेका श्याम दाइ २४ वर्षसम्म तिनबाट अलग्गिएर बसे कसरी ? के तिनले गुप्तवासमै पत्नी र छोरीहरूलाई भेट्ने गर्थे ? यस प्रश्नको भरोसालाग्दो जवाफ दिने व्यक्ति उनै हुन सक्थे । तर, अब उनी गैगए ।
ऊ त पहिले पुष्पलाल झैं नेपाली राष्ट्रिय कांग्रेसमा लागेर राणाविरोधी अभियानमा संलग्न भएर जेल परेको, पछि सात सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएको, वीरगन्जमा सेवासदन खोलेर पठन संस्कृतिको सुरुआत गरेको, प्रगतिशील लेखक संघ स्थापना गरेको, निबन्धहरूका पुस्तक लेखेको, पत्रिकाहरू चलाएको र २४ सालदेखि कुन्नि किन हो, भूमिगत भएर २४ वर्ष बिताएपछि बुढेसकालमा बाहिर आएको ससाना पुस्तक लेख्ने लेखक हो । अझ प्रगतिशील लेखकहरूलाई डोर्याएर बाटो देखाउने पथप्रदर्शक पनि हो ऊ । जसरी भए पनि सामान्य जनताको भलो चिताउने क्रममा संघर्षको रापमा पोलिएको सरल र सार्थक जीवन बाँचेर अस्ति २४ गते हामीबाट बिदा भएको अघिल्लो पुस्ताको करिब अन्तिम प्रतिनिधि हो ।
श्यामप्रसाद शर्मा यसरी मेरा लागि चिनिएका थिए । मलाई उनको ‘तँ, तिमी, तपाईं, हजुर' निबन्धको विशिष्ट बान्की मन परेको हो । उनको ससाना उपदेशात्मक भाषामा बुनिएका रचना समेटेर ससाना गोजी पुस्तिका निकाल्ने शैली भने मेरा लागि उति रुचिकर भएन । म उनीबाट मेरो अभिरुचिलाई सम्बोधन गर्नसक्ने विशिष्ट कलात्मक शैलीका साहित्य चाहन्थेँ । उनी त्यति अघि बढ्न चाहन्नथे, किनभने उनका लागि सरल र सुबोध भाषामा अर्थात् नवसाक्षर, खुबै भए माध्यमिक शिक्षा लिएकाहरूका लागि उनको लेखन बढी आवश्यक थियो भन्ने उनले ठानेका थिए ।
उनको लेखन त्यतैतर्फ लक्षित थियो जसले मेरो कलाको भोकलाई तृप्त गर्न सक्तैनथ्यो । तर, उनको रहस्यमय जीवनले मलाई तिनका बारे सोच्ने पर्याप्त ठाउँ छोडेको थियो । उनी लगातार २४ वर्ष गुप्तवास बसे र एकैपटक चाबेलमा हामी केही लेखकमाझ रित्तै प्रकट भए । मलाई आशा थियो, उनले अब हुरीको बबन्डर ल्याउनेछन् । उनी लगभग किंवदन्तीका पात्र भइसकेका थिए । यस्ता पात्र भेटिनु आफैंमा सुखद आश्चर्य हुन्छ । जे होस्, उनी संगठक थिए, समाजको परिवर्तनका लागि अनवरत काम गरिरहेका थिए र गुप्तवासबाट निस्केपछि पनि उनको संगठकको रूप देन पाइन्थ्यो ।
म कुनै एक अनिवार्य बैठकमा जाँदै थिएँ र समय निकै कममात्र बाँकी थियो । श्याम दाइ रत्नपार्क-बागबजार पार गर्ने आकाशे पुलको छेउमा चिरपरिचित मुस्काने मुद्रामा भेटिए । उनीसँग कुनै दुईजना प्रौढ पनि बागबजारतर्फ हिँडिरहेका थिए । जब हाम्रो आम्ने-साम्ने भयो, उनले मसँग क्रान्तिकारी ढंगको हात मिलाए र मेरो पाखुरा समातेर ‘हिँड्नोस् प्रलेसको अफिसमा जाऔं' भन्न थाले । मलाई न त्यहाँ जाने कुनै लालसा थियो न त समय नै । तर, श्याम दाइ हठमा थिए र मेरा पाखुरा च्याप्पै समातेर आज तपाईं प्रलेस अफिस छिर्नैपर्छ भनिरहेका थिए ।
यसरी उनी मलाई आफू हिँडेतिर डोर्याइरहेका थिए । म पछि कुनै बेला तपाईंको अफिस आउँछु, अहिले समय छैन भनिरहेको थिएँ । तर, उनका साना हातले मेरा पाखुरा छाडिरहेका थिएनन् । यसरी उनले मलाई बागबजारको अँध्यारो कोठामा पुर्याए, जो उनीजस्तै अति साधारण र साँघुरो थियो । नेपालका ख्यातिप्राप्त लेखकहरू श्यामप्रसाद, रमेश विकल, आनन्ददेव भट्ट, गोविन्द भट्ट, खगेन्द्र संग्रौला, निनु चापागार्इं, विमल निभा र नारायण ढकालहरूले नेतृत्व गरिसकेको प्रलेसको त्यो अफिस प्रगतिशील चरित्रको गरिब थियो । करिब दस मिनेट उनीसँग सामान्य कुराकानी गरिसकेपछि म आफ्नो कामतिर फर्केको थिएँ । फर्कंदै गर्दा उनी भनिरहेका थिए, ‘यो संस्था हामीले नै बनाउने हो, तपाईं यहाँ आउने गर्नुपर्छ ।'
यसरी उनी प्रलेसको भविष्य बनाउने प्रयासमा लागिरहेका थिए, जुन संस्था उनकै अगुवाइमा नौ सालमा खुलेको थियो । तर, त्यसले प्रगतिशील धारका लेखकहरूको प्रभावशाली संगठनको रूप लिन सकिरहेको थिएन । भन्न सकिन्छ, त्यसले आफ्नो नाम-अनुकूलको आचरण गर्न पाइरहेको थिएन । त्यो औपचारिकताका फलामे साङ्लाहरूले बाँधिएको थियो । त्यो लेखकहरूको स्वतन्त्र संगठनभन्दा बढी दसौं चिरामा बाँडिएको वाम आन्दोलनको मोर्चा थियो र त्यसको लगाम आफ्ना कार्यकर्तामार्फत कम्युनिस्ट पार्टीका नेताहरूका हातमा हुने गर्थ्यो।
श्याम दाइमा नेपाली समाजलाई आमूल बदल्ने महत्ववाकांक्षा त थियो तर त्यसका निम्ति नेपाली समाज तयार नभइसकेको अवस्था थियो । त्यसैले उनी २०२४ सालदेखि भूमिगत भइसकेका थिए । पञ्चायतकालमा एक साम्यवादी विचारक भूमिगत हुनु बुझ्न सकिने कुरा त थियो तर उनले त्यत्तिका चौबीस वर्षमा भूमिगत हुँदा के गरे ? उनी भूमिगत अवस्थाबाट सतहमा आउँदा यस प्रश्नले हामीजस्ता जिज्ञासुका लागि उत्तर खोजेको थियो । साथसाथै उनले नै नेतृत्व गरेको एक पार्टी पनि थियो भन्ने कुरा नआएको होइन । सतहमा त्यो देख्न पाइएन ।
२०४७ सालको अमूक महिनाको अमूक दिनको अमूक समयमा श्याम दाइ अब भूमिगत अवस्था त्यागेर बाहिर निस्कँदैछन् र त्यस अवसरमा समकालीन लेखकहरूसँग भेट्ने इच्छा राख्छन् भन्ने खबर मेरो कानमा आइपुग्यो । यसको चाँजोपाँजो एक भिन्नै शैलीका मित्र मुकुन्द अर्यालले गरेका थिए र चाबेलस्थित उनकै निवासमा । मुकुन्द यस्ता खाले चाँजोपाँजो मिलाउन जान्ने मित्र मानिन्थे । उनको वास्तविक आर्थिक अवस्था र रहनसहनका बीच भयानक अन्तर देखा पथ्र्यो । राम्रो आर्थिक अवस्था हुँदाहँुदै पनि सस्ता चप्पलमा पाइन्टको मोहोरी कुल्चिहिँड्ने उनको जीवनशैली सर्वहाराकृत थियो वा श्यामप्रसाद नामका अर्का सरल जीवनका पक्षपाती वरिष्ठ गुप्तवासी लेखकको सरलताको प्रभाव उनमा परेको थियो ? त्यस दिन त्यस्तो प्रश्न गर्नु आवश्यक थिएन । तर, मैले उनी सतहमै देखिँदा कहिल्यै नभेटेका गुप्तवासी श्याम दाइको अनुहार नियाल्ने रोमाञ्चक क्षणको साक्षात्कार गर्ने र उनीसँग केही प्रश्न गर्ने मन बनाएँ । यसरी मित्र नारायण ढकालसँग म चारुमती विहार छेउको मुकुन्द निवासमा पुगेको थिएँ ।
स्वाभाविक थियो यी कहावतका पात्र बनिसकेका वरिष्ठ लेखक कस्ता छन्, कस्तो अवस्थामा कस्तो नयाँ विचार र कोसेली लिएर उनी साढे दुई दशक लामो गुप्तवासबाट निस्कँदैछन् भन्ने जान्न उत्सुक थिए धेरैजना । तीमध्येको एक म पनि थिएँ । हामी पुगेर बसेको केही मिनेटमै सानो कदकाँठीका श्याम दाइ अनुहारमा हल्का गुलाबी कान्तिका साथ प्रकट भए । हामी करिब पच्चीस तीसजना जसरी भुइँमा बसेका थियौं, उनी त्यसैगरी भुइँमा बसेका थिए । यसको अर्थ थियो, त्यहाँ हुनेहरू सबैजसो भुइँमानिस हुन् ।
त्यति बेलाको नामी लेखक र काठमाडौंको लोेकप्रिय वामपन्थी नेता नारायण ढकाल श्याम दाइलाई सशरीर आफ्नै अगाडि देख्ता निकै भावुक भएको थियो यस सानो भेलामा । ऊ अवरुद्ध गलासहित श्याम दाइको स्वागत गरिरहेको थियो र हल्का गुलाबी मुस्कानसहित श्याम दाइ भुइँतिर हेर्दै यो हविगत देखिरहेका थिए । सबैजनाका आँखा श्याम दाइतर्फ सोझिएका थिए । श्याम दाइ स्वस्थमात्र होइन, कान्तिमय गुलाबी आभाका साथ त्यहाँ उठिरहेका जिज्ञासाको उत्तर खोज्न थालेका झैं देखिन्थे । यस्तो लाग्थ्यो, भूमिगत हुनु भनेको स्वास्थ्यलाभ गर्नु हो, दुःखकष्ट र दैनिक झ्याउलाहरूबाट मुक्त हुनु हो । कथाकार खगेन्द्र संग्रौला यस पर्वका अर्का सहभागी थिए र भूमिगत संगठन निर्माण, क्रान्तिको तयारी, युद्ध तथा विजयका रोमाञ्चक चिनियाँ आख्यानहरूको अनुवाद गरिसकेका उनका आँखामा अनन्त जिज्ञासाहरू छन् भनेर बुझ्न सकिन्थ्यो ।
मैले त्यस प्रकट सभामा श्याम दाइका आँखा आफूतर्फ तानेर सोधेको थिएँ, तपाईंले छत्तीस सालपछिको यति खुकुलो अवस्थामा पनि किन भूमिगत हुने रुचि राख्नुभयो ? के तपाईंका निमित्त राज्य यतिविघ्न अनुदार छ ? एक साहित्यकार यसरी भूमिगत भइरहनुपर्ने त्यस्तो अवस्था विद्यमान थियो त ?
मलाई थाहा थियो, श्याम दाइ मेरा प्रश्नहरूको उत्तर दिने छैनन् । म त्यस गुप्तवासलाई पाखण्ड ठानिरहेको थिएँ । कुनै विशिष्ट परिस्थितिले उत्पन्न गरेको असुरक्षाको भावनाको प्रतिफल हो यो या यसभित्र अन्य कुनै रहस्य छ ? कतै यिनले जनवादी क्रान्तिका लागि तत्कालीन मालेभन्दा बढी खतरनाक सशस्त्र युद्धको तयारी गरेका त थिएनन् ?
तर, मैले श्याम दाइलाई ती कुरा सोधिनँ । कसैले पनि सोधेन ।
मैले सोधेँ, ‘तपाईं नेपालको प्रगतिशील साहित्यको मानक मानिनुभएको छ । प्रगतिशील लेखक संघको स्थापना र तँ, तिमी, तपाईं, हजुरजस्तो निबन्ध कृतिका कारण हामी तपाईंको उच्च सम्मान गर्छौं । तपाईंले २४ वर्ष लामो गुप्तवासबाट निस्कँदा पक्कै पनि हामीलाई दिशानिर्देश गर्ने क्षमतासहितका थुप्रै मानक रचनाका ठेलीहरू लिएर आएको हुनुपर्छ । त्यसो भएको हामीले देख्न पाउँछौं त ? '
सबैजना उत्सुकतापूर्वक यस प्रश्नको जवाफ खोजिरहेका थिए । श्याम दाइ मतर्फ सोझिएका त थिए, तर उनी जवाफ दिइरहेका थिएनन् । उनको सानो कदकाँठीको जीउमाथि शोभायमान गोलो अनुहारमा अस्वाभाविक गुलाबीपन भरिँदै थियो । बेलाबेला लज्जामिश्रित मुस्कानसहित सहभागीहरूका जिज्ञासा सुनिरहेका श्याम दाइका लागि यी प्रश्न सजिला थिएनन् नै, अबको यात्राका लागि केही उल्लेखनीय सिर्जनात्मक काम नगरेकोमा गरिएका कठोर आलोचना पनि थिए ।
२०४० सालताका हामी विमल निभाको पहिलो कवितासंग्रह ‘आगोनेर उभिएको मानिस' छाप्ने क्रममा दिनहुँजसो झोछेँस्थित कोसेली छापाखानामा हुन्थ्यौं । श्याम दाइलाई राम्रोसँग चिन्ने शान्तदास मानन्धरको प्रेस थियो त्यो जहाँ उत्कृष्ट र विश्वसनीय छपाइका निम्ति हामीहरू पुग्ने गथ्र्यौं । हामीलाई अनुमान थियो, श्यामप्रसादलाई लुकाइराख्ने काम अति गोप्यतावादी खालका शान्तदास र जनकप्रसाद हुमागाईंको हुनुपर्छ । यिनका कुराकानीको शैली खासखुसे थियो । प्रसंग झिक्नेबित्तिकै यिनीहरू गुरुगम्भीर मुद्रामा उनका बारे केही थाहा नभएको जस्तो देखाउँथे । तर, ‘बालकोसेली' प्रकारका पत्रिकाहरूमा कृष्ण अर्याल वा यस्तै थुप्रै नचिनिएका नाममा नयाँनयाँ कविता र गीत, निबन्ध र चिठीहरू प्रकाशित गरिरहन्थे ।
एक दिन मैले शान्तदास दाइलाई सोधेँ, ‘यी कृष्ण अर्यालका रचना निकै छाप्नुहुन्छ, वास्तवमा यी को हुन् ? '
गुन्द्रुकको अचार र चिउराको नास्ता गर्दै उनले दाहिने आँखा झिम्क्याए तर सही उत्तर दिएनन् । भने, ‘एकजना छन् ।'
वास्तवमा ती एकजना श्याम दाइ शैलीका रचना गरिरहन्थे । मलाई श्याम दाइ शैली भनेको अति नै सरल भावनाका नैतिक दृष्टान्त दिने, बालबालिकालाई माया गर्ने र सामाजिक जीवनका ससाना घटनाहरूलाई विषयवस्तु बनाएर लेख्ने करिबकरिब उपदेशात्मक खालका रचनाशैली भन्ने लाग्थ्यो । म ठान्थेँ, श्याम दाइ कसरी गुप्तवास बस्न सकेका होलान् ! गुप्तवासबाट निस्केपछि पनि शान्तदास र श्याम दाइले गुप्तवासका ती रहस्यलाई बाहिर ल्याउने झन्झट गरेनन् । मैले पनि सोधिरहने झन्झट गरिनँ । किनभने तिनले आफूसँग अनुभव त पक्कै ल्याएका छन् तर उच्चकोटिको साहित्यको कुनै नौलो साक्ष्य तिनले उपस्थित गराएका छैनन् भन्ने मेरो सोचाइ थियो ।
चिठी र डायरी लेख्ने बानी पारेका श्याम दाइलाई मानिस र उसको समाज कस्तो हुनुपर्छ, आइमाई साथी कस्ता हुन्छन्, बालबालिकालाई किन माया गर्नुपर्छ जस्ता साधारण विषयले छुन्थे । किनभने उनले तिनै मानिसहरूसँग बढी संगत गरे जसको चेतना उच्च र सुसंस्कृत छैन । तिनले गम्भीर साहित्यको माग गर्ने हैसियत राख्तैनथे । तसर्थ तिनका लागि सानासाना श्याम दाइ शैलीका रचना नै पर्याप्त हुन्थे । श्याम दाइलाई पनि त्यस्तै मानिसलाई आकर्षित गरेर तिनका दिमागमा कम्युनिस्ट विचार हुल्दै क्रान्तिकारी कार्यकर्ताको पंक्ति तयार गर्नु थियो । यति गर्दा पनि तिनले आफ्नो संगठनको विस्तार गर्न सकेनछन् । यो कुरो पछि थाहा भयो । केही विशेष कारणले होला, उनका केही ‘आइमाई साथीहरू' उनको संगठनका गुरिल्ला भएर बसिरहन सकेनन् र तत्कालीन मालेको नेता कार्यकर्तामा बदलिए । तर, ती दिव्य चौबीस वर्ष उनले कसरी बिताए ? सायद उनले यो कतै लेखिराखेका होलान् ।
भनिन्छ, ती चौबीस वर्ष उनले काभ्रेतिरका गाउँ र साना सहरहरूमा किसान परिवारमा बिताए । सायद उनी किसानहरूलाई जनवादी क्रान्तिका नायक बनाउने प्रयत्नमा थिए । उनलाई थाहा थियो, चिनियाँ क्रान्तिमा माओका आड र सेनामा तिनै किसान थिए । नेपालमा पनि बहुसंख्यक किसान वर्गलाई शिक्षित र दीक्षित तुल्याएर युद्धको मोर्चाका लागि तयार गर्नुपर्छ भन्ने उनको मान्यता थियो । त्यसैले १० कक्षासम्म पढे तापनि स्वाध्ययनको भरमा उनले केही गतिला दृष्टान्त खडा गरे । ती थिए, सात सालमै कम्युनिस्ट पार्टीको सदस्यता लिनु, नौ सालमा प्रगतिशील लेखक संघ खोल्नु, त्यसको नेतृत्व लिनु, किसानकै माझमा बस्नु र तिनकै चेतनास्तर सुहाउने खालको सजिलो साहित्यको निर्माण गर्नु । यति भए पनि तिनले थप युगान्तकारी काम गरेः साहित्य सेवा सदन खोले, ‘साहित्य' र ‘स्वास्नीमान्छे' पत्रिका सम्पादन गरे र प्रगतिशील साहित्यको संस्थागत विकासका लागि लागिपरे । ५० सालमा दोस्रोेपल्ट प्रलेसको अध्यक्षता सम्हालेर उनले आफ्नो अविचल निष्ठा र प्रतिबद्धता प्रमाणित गरे ।
माओको जीवनलाई आदर्श मानी हिँडेका र दुई-दुइटा बिहे गरेका श्याम दाइ २४ वर्षसम्म तिनबाट अलग्गिएर बसे कसरी ? के तिनले गुप्तवासमै आफ्ना पत्नी र छोरीहरूलाई भेट्ने गर्थे ? वा नयाँ आइमाई साथी बनाउँदै हिँड्दै गर्थे ? यस प्रश्नको भरोसालाग्दो जवाफ दिने व्यक्ति उनै हुन सक्थे । तर, अब उनी गैगए । वामपन्थी संगठक र गुरु लेखक श्यामप्रसाद जीवितै छन् र यतै कतै छन् भन्ने प्रमाण नदेखियोस् भन्ना खातिर उनले अर्को कुनै नाम उपनाम रोजे भइहाल्ने ठाउँमा पचासौं नाममा उनले किन लेखे भन्ने कुराको चित्तबुझ्दो जवाफ श्यामप्रसादबाहेक अरूले दिन सक्ने थिएन । यद्यपि कहीँकतै उनले कुरा खुलाएका होलान्, शान्तदासले पनि यसको तर्कपूर्ण उत्तर दिन सक्छन् । तर, दिएको भेटिएको छैन । श्याम दाइको यो मनोविज्ञान बुझिनसक्नुको छ ।
उनले करिब एक सय ५० पुस्तक लेखे भनिन्छ तर ‘तँ तिमी तपाईं हजुर' नै त्यस्तो पुस्तक हो जसले निबन्धमा प्रगतिवादी मूल्यहरूको पोषण गर्यो । धेरै त कम्युनिस्ट कार्यकर्ता तयार गर्ने पाठ्यपुस्तक छन् उनका । तिनको कलागत मूल्य कम, अभियान मूल्य धेरै छ । ल्यु साओछीको ‘कम्युनिस्ट कसरी बन्ने' भन्ने शैलीमा लेखिएको ‘लेखक कसरी बन्ने ? ' शीर्षक पुस्तकको साहित्यिक र कलात्मक मूल्य कसरी तोक्ने ? साहित्यकारले लेखेका गाइड बुकहरूलाई साहित्यको सूचीमा राख्न मिल्ला त ? श्याम दाइको मूल्यांकन वा पुनर्मूल्यांकन गर्न चाहनेका लागि यो प्रश्न उत्तिकै सान्दर्भिक बन्नेछ । जे भए पनि आजभन्दा ८८ वर्षअघि (आउँदो असारमा उनी उनानब्बे वर्षमा प्रवेश गर्दै थिए भन्छन्, उनका भान्जा र हाम्रा मित्र विनोद अधिकारी) मकवानपुरको सोलिथुममा जन्मेका र अवसरवञ्चित वातावरणमा हुर्केर साहित्य सेवा तथा वाम आन्दोलनको विकासमा आजीवन समर्पित श्याम दाइको संघर्षमय जीवन धेरैका लागि चाखलाग्दो हुनसक्छ । अझ, सधैंको दैनिकी लेख्ने उनी विस्मृतिजन्य रोग अल्जाइमर्सबाट संक्रमित हुनु पनि एक विडम्बना नै हो । उनी लेखक त छँदै थिए, लेखकहरूका नेतासमेत थिए ।
सरलता श्याम दाइको भाषिक र व्यावहारिक जीवनको विशेषता हो । उनले आफ्ना सोच र अनुभवलाई सरल भाषामा लिपिबद्ध गरे, आफूजस्तै सानो कायाका पुस्तक-पुस्तिका निकाले र राज्यद्वारा साना ठानिएका मानिसहरूका लागि सस्तोमा वितरण गरे । त्यसैले वामपन्थी आन्दोलनमा लागेर जीवनलाई जटिल ग्रन्थीको पोको बनाउने र एक्लै समृद्धिको उकालो चढ्ने कतिपय मानिसबीच श्याम दाइको होचो शरीर टड्कारो गरी देख्न सकिने खालको उचाइमा छ ।
म चाहन्थेँ, श्याम दाइबाट रुसी गोर्की र चिनियाँ लु सुनका झैं आख्यान लेखियून्, अथवा भारतीय रामविलास शर्मा वा गजानन माधव मुक्तिबोधका झैं सैद्धान्तिक र ऐतिहासिक महत्ववका मानक ग्रन्थहरू लेखियून् । त्यति पनि नभए यायावर नागार्जुनका झैं प्रखर जनवादी शैलीका कविता लेखियून् । म चाहन्थेँ, २४ वर्ष गुप्तवासमा बसेका श्याम दाइबाट गहन आत्मकथा आओस् वा ब्राजिलियन पाउलो फ्रेरेको युगान्तकारी पुस्तकझैं केही आओस् । तर, उनी त सधैंका शिक्षक रहे । त्यस्तो शिक्षक, जसले आफ्नो खास कुरा बताउँदैन— अर्थात् उत्पीडितको शिक्षण शास्त्रका लेखक विश्वविख्यात ब्राजिलियन शिक्षाशास्त्री पाउलो फ्रेरेले भनेझैं ।
उनी हाम्रा गुरु हुन् । तर, गुरुले हामी चेलाहरूलाई आफ्नो जीवनका दिव्य २४ वर्षका रहस्य नबताएरै गए । यस्ता गुरुका निजी समस्या के-के हुन्छन् ? पारिवारिक र यौनजीवन कत्तिको सन्तोषजनक वा विकृतिजन्य हुन्छ ? जनताको मुक्ति आन्दोलनमा त्यस्तो जीवनका कस्ता खालका अनुकूल या प्रतिकूल असर पर्छन् ? पुरुष र आइमाई साथीहरूको जीवनका विरोधाभासहरू के-के हुन्छन् ? त्यत्रो अवधिमा किन कुनै महत्ववपूर्ण ग्रन्थको सिर्जना भएन ? इत्यादि प्रश्न हाम्रासामु छँदैछन् ।
के कतै यी कुरा पनि लेखी छोडेर गएका छन् त श्याम दाइले ?

http://annapurnapost.com बाट साभार
No comments:
Post a Comment