‘नेपाली साहित्य’ भनेर आजसम्म नेपालको सरकारी तहमा र जनमानसमा स्थापित र व्यवहारमा प्रचलित नेपाली भाषामा रचित साहित्यलाई लिइएको छ । यसलाई जनजातिका बौद्धिक विचारकहरूले भन्ने गरेको ‘खस भाषा’मा लेखिएको नेपाली साहित्य भन्दा पनि फरक पर्दैन । डा। रामप्रसाद ज्ञवालीले भने जस्तै प्रगतिशील लेखक संघ, नेपालद्वारा काठमान्डूमा केही वर्ष पहिले समसामयिक साहित्य लेखनको मूलधार कुन हो, प्रगतिवाद कि गैरप्रगतिवाद ? भएको एउटा अन्तरक्रियाकामा केही सहभागीहरूले दाबी गर्दै भनेका थिए ुप्रगतिवादी लेखन नै समसामयिक लेखनको मूलधार हो ।’ तर प्रगतिवादी नेपाली साहित्य लेखनको विकास क्रम हेर्दा नेपाली साहित्यको प्रतिपक्ष नै बनिरहेको छ । यसलाई मुलधारमा ल्याउन के गर्नुपार्ला रु भनि पर्ल स्ट्रीट जर्नलले केही कवि ,लेखक तथा समालोचकलाई सोध्नु भएको छ । यस्तो छ प्रक्रिया ।
प्रगतिशील लेखक संघ जस्ता संस्थालाई भागबण्डाको अखडा बनाउनु हुँदैन-सरिता तिवारी

प्रगतिवाद सधै प्रतिपक्ष रहन्छ-डा.कविताराम श्रेष्ठ
प्रगतिशीलता सदा अग्रगामी हुने हुँदा त्यो कुनैपनि स्थापित मान्यता ९मूलधार० को चाकडी गर्दै यथा रहन सक्दैन। प्रगतिशील संघर्षकै उपलब्धिबाट स्थापित मान्यता माथि पनि त्यो अग्र परिष्कारको लागि संघर्षशील रहन्छ। त्यस मानेमा प्रगतिशील सोच सदा स्थापित मान्यता ९मूलधार० विरुद्ध प्रतिपक्षमै रहन्छ।
लेखन मुद्दाकेन्द्री हुनुपर्छ। गुट निरपेक्ष रहनुपर्छ- माधव सयपत्री
प्रगतिवादी लेखन समसामयिक नेपाली साहित्यको मूलधारमै छ। यसमा म आशिंक सहमत छु। तर प्रगतिवादी भनाउन चाहने लेखकहरु व्यक्तिकेन्द्री भएका छन्। प्रगतिवादको मुद्दा पछाडि परेको छ, लेखक प्रचारमा आएका छन्। मुद्दा छाडिएपछि व्यक्ति मात्र प्रगतिवादी रहन सक्दैन। गुटमा रमाउन चाहने लेखकहरु बढ्दै गएका छन्। अग्रजहरु( पारिजात, श्यामप्रसाद, जनकप्रसाद, रमेश विकल, नारायण ढकाल, आहुति लगायतका लेखकहरुले स्थापित गरेको प्रगतिवादी लेखन परम्परालाई उछिन्ने खालका लेखकरसाहित्यकार जन्मिएका छैनन्। कोही अमूक वाम पार्टी समर्थक लेखक मन्दिर पस्न मान्दैनन् भने कोही नवसामन्तको लगानीमा निस्केका कथित मुलधारका पत्रपत्रिकामा आफूलाई छपाउन गुलामी गरिरहेका छन्। मुलतस् लेखन मुद्दाकेन्द्री हुनुपर्छ। गुट निरपेक्ष रहनुपर्छ। अनि मात्र प्रगतिवादी साहित्य मुलधारमा आउन सक्छ।
डम्फु मात्रै आफ्नु बोकेर मुलधारमा छौ भन्नु मुर्खता- हरिमाया भेटवाल

स्वच्छन्द विचारहरूलाई पूर्णरुपले नियन्त्रण गर्न सक्नुपर्छ – जेठा वैरागी
नेपालमा प्रगतिशील लेखन क्रान्तिको धार अनुसार लेखिने विधा हो । समाजको वास्तवीक चेतना विकाश गराउन प्रगतिवादी साहित्य नै अग्रस्थानमा रहेको हुन्छ । बौद्धिक जागरण गराउन नै प्रगतिवादी लेखरचना , आख्यान, कविता ,निबन्धमा वास्तवीक घटनाहरूलाई कथा बनाएर लेखिन्छ । नेपालमा भर्खर मध्यमवर्गको उदय भएको छ । त्यसैले भर्खरै मात्र शिक्षित हुँदै छ । शिक्षित व्यक्तिहरू पूर्वीय दर्शनबाट प्रभावित देखिन्छ यतिखेर पश्चिमा दर्शनले छुँदै छ र बामे सर्दै छ । नेपालमा प्रकाशित ग्रन्थहरूले प्रभाव पार्न नसकेकाले पाश्चात्य दर्शन तिर आमुख भएको देखिन्छ । पाश्चात्य दर्शन कमै विद्वान्हरूले मात्र बुझ्दछन् । शिक्षित भएका र मानिएका विद्वान्हरू सिकारुमात्रै छन् । खासै मिहिनेत गरेको देखिँदैन । नेपालको सन्र्दभमा भन्नेहो भने गालीगलौजलाई दर्शन हो भन्नेको संख्या धेरै छ । त्यसैले प्रगतिवादी साहित्यकार , प्रगतिवादी चेतनाहुन र विकासगराउँन प्रगतिवादी साहित्य र दर्शनको पाठशाला खोल्नु र त्यसको संरक्षण गर्नु र गर्ने कुरामा गम्भीर चुनौती पनि रहेको छ । स्वच्छन्द विचारहरूलाई पूर्णरुपले नियन्त्रण गर्न सकेमा मात्र प्रगतिवादी साहितय पठन संस्कृतिको विकास हुन्छ ।
http://www.pearlstjournal.com बाट साभार
No comments:
Post a Comment