के लेखकलाई नेताकै आशिर्वाद चाहिन्छ ? : लेखकको कार्यक्रममा नेताको उपदेश
प्रगतिशील लेखक संघ संघीय ढाँचामा जाने
धरान, चैत्र २४ । एउटा मत भन्छ– लेखन वा साहित्यमा राजनीतिक पूर्वाग्रह देखिनुहुन्न । देखिनु नै छ भने सिधै वा नाराको रुपमा होइन, साहित्यकै रुपमा अथवा भावनाको कलात्मक अभिव्यक्तिका रुपमा ।
अर्को मत भन्छ– राजनीतिले नै राष्ट्र सञ्चालन गर्दछ । त्यसैले साहित्य वा लेखनमा राजनीतिको प्रभाव पर्नु स्वाभाविक वा सामान्य मात्र होइन, अनिवार्य नै हो ।
प्रगतिशील लेखक संघ सुनसरीको मंगलबार इटहरीमा सम्पन्न सातौँ सम्मेलन हेर्दा यी दुइटै मत छलफल र निष्कर्षको टड्कारो विषय बनेका छन् । कारण हो– सम्मेलनको उद्घाटन सत्रमा आयोजकले राजनीतिक दलका नेताहरुलाई दिएको अनावश्यक ग्राह्यता ।
विहान १० बजे सुरु हुने भनिएको कार्यक्रम करिब २ घण्टापछि प्रमुख अतिथि प्राज्ञ उपेन्द्र पागलले उद्घाटन गरे । प्रलेस सुनसरीले सम्मेलनका अवसरमा प्रकाशन गरेको ‘स्रष्टा संगम’ पत्रिका विमोचनसँगै अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य खेमराज खनाल र जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय सदस्य डा. भीम खतिवडाले पत्रिकामाथि टिप्पणी गरे ।
एक सहभागी सानो श्वरमा भुत्भुताउँदै थिए– ‘नेताहरुलाई बोलाउनु नै छ भने बोलाउने, आसनग्रहण गराउने अनि लेखक साहित्यकारहरुले चैँ पो आफ्नो भएभरका कुरा सुनाउने हो त । कमसेकम समस्या त थाहा पाउँछन् ?
यहाँसम्म कार्यक्रम ठिकै थियो । जब शुभकामना मन्तव्यमा आइपुग्यो, कार्यक्रम लेखक साहित्यकारको होइन, कुनै पार्टीको घोषणा सभाजस्तो अचकल्टो बन्दै गयो ।
पहिला बोलाइए, राष्ट्रिय जनमोर्चा नेपाल सुनसरी अध्यक्ष विष्णु खवास । उनले चित्रबहादुर केसीले झैँ अमिलो भाषामा संघीयताको ठाडो विरोध गरिहाल्ने आँट त गरेनन् तर यो आशयलाई एकात्मक राज्य हुनुपर्छ भन्ने कोणबाट व्यक्त गरेर केसीको बिँडो थामेरै छाडे ।
पहिला बोलाइए, राष्ट्रिय जनमोर्चा नेपाल सुनसरी अध्यक्ष विष्णु खवास । उनले चित्रबहादुर केसीले झैँ अमिलो भाषामा संघीयताको ठाडो विरोध गरिहाल्ने आँट त गरेनन् तर यो आशयलाई एकात्मक राज्य हुनुपर्छ भन्ने कोणबाट व्यक्त गरेर केसीको बिँडो थामेरै छाडे ।
वामपन्थी र पहिचानपक्षधर लेखकहरुको साझा संगठन प्रलेसको सम्मेलनमा यस्तो विचारधारा बोकेको पार्टीका नेतालाई बोलाएर, त्यसमाथि उल्टो गंगा बग्ने भाषण गराएर आयोजकले गर्न खोजेको चैँ के हो ? फ्लोरमा खास्सखुस्स चलेको सुनियो ।
त्यसपछि पोडियममा आए क्रान्तिकारी कम्युनिस्ट पार्टी सुनसरी अध्यक्ष नुलाम राई । त्यसपछि नेकपा एमाले सुनसरी संगठन विभाग प्रमुख लक्ष्मी गौतम, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य मनोज प्रधान आदि ।
कार्यक्रम सञ्चालक गमबहादुर लम्जेलले भएका जति सबै, नभएकालाई समेत खोजी खोजी भेला गरेर गराएको भाषणमा नेताहरु सबैले आफ्नो फरक फरक डम्फु त ठोके नै, आफ्नो भाषण टुंग्याउनुअघि भने सबैले एउटै कुरा दिए, त्यो थियो ‘उपदेश’ :
‘लेखकले यस्तो लेख्नुपर्छ, यस्तो लेख्नुहुँदैन । फलाना विषयमा मात्र तपाईंको कलम किन चल्छ ? फलाना विषयमा चैँ किन चल्दैन ? कि कलम भुत्ते भइसक्यो ?’ आदि ।
सहभागीहरुको प्रश्न यही थियो कि, लेखकको फोरममा नेताहरुलाई नै भाषण गराउनु आवश्यक थियो ? आखिर लेखक साहित्यकारहरुलाई नेताको आशिर्वादको यति धेरै लालसा किन ? नेताले दिने गरेका यी अर्ति उपदेशलाई लेखक साहित्यकारले कसरी लिने ? देववाणी मानेर उपदेश भुइँमा खस्न नपाउँदै तामेलीमा कुदिहाल्ने ? कि ‘भन्नेले भन्न पाउँछ, मेरो लेखकीय जिम्मेवारी र अस्तित्व मसँगै छ, उपदेशका लागि धन्यवाद’ भनेर लेखकत्व जोगाउने ?
लेखक साहित्यकारको यो लालसा नै हो भने किन लेखक साहित्यकार भनिरहनु ? लेखन वा साहित्यको गरिमा, महत्व र विशिष्टताको के ढोँग पिटिरहनु ? ‘लेखन एक विशिष्ट मानसिक क्षमताबाट मात्र सम्भव छ, जुन जो कोहीमा हुन्न’ किन भनिरहनु ? लेखकत्व कायम राख्ने हो भने लेखक साहित्यकारको कार्यक्रममा नेताहरुलाई खोजी खोजी बोलाएर कानै टट्याउने आशिर्वाद (वा आदेश) किन मागिरहनु ?
एक सहभागी सानो श्वरमा भुत्भुताउँदै थिए– ‘नेताहरुलाई बोलाउनु नै छ भने बोलाउने, आसनग्रहण गराउने अनि लेखक साहित्यकारहरुले चैँ पो आफ्नो भएभरका कुरा सुनाउने हो त । कमसेकम समस्या त थाहा पाउँछन् ? यदि राजनिति मुलुक सञ्चालनको मूल संयन्त्र हो भने समस्याप्रति जिम्मेवारी महसुस गरेर समाधानमा लागिहाल्न पनि सक्छन् । सम्मेलन चैँ लेखकको तर लेखक साहित्यकारले नै बोल्न नपाउने, केहीले बोले पनि श्वर नपुग्ने हो भने किन सम्मेलन गरिरहनु ?’
भाषणमा नेताहरु सबैले आफ्नो फरक फरक डम्फु त ठोके नै, आफ्नो भाषण टुंग्याउनुअघि भने सबैले एउटै कुरा दिए, त्यो थियो ‘उपदेश’ : ‘लेखकले यस्तो लेख्नुपर्छ, यस्तो लेख्नुहुँदैन । फलाना विषयमा मात्र तपाईंको कलम किन चल्छ ? फलाना विषयमा चैँ किन चल्दैन ? कि कलम भुत्ते भइसक्यो ?’ आदि ।
पछिल्तिर संघका केन्द्रीय सदस्य भानु भण्डारी बोले । उपभोक्तावाद र सांस्कृतिक सम्झौतावाद नेपाली लेखनका मुख्य चुनौति हुन् इत्यादि भन्दैथिए, भाषणले घाँटीसम्मै अघाएका सहभागीहरु ‘क्षेत्रीय प्रसारण’मा रम्न थालिहाले ।
भण्डारीले अगाडि के के भने कसले ध्यान दिने ? प्रमुख अतिथिको सम्बोधन गर्न पुगेका उपेन्द्र पागलको त के कुरा ? बृद्ध शरीरले लेब्रिएको बोली, त्यसमाथि धिमा श्वर । के भनेर सुरु गरे, के भनेर टुंग्याए, हल लगभग बेखबर थियो ।
कार्यक्रमको अध्यक्षता गरेका संघका सुनसरी अध्यक्ष केशव सुनामको उद्घाटन सत्रको समापन भाषण पनि यो कालगतिबाट अछुतो रहन सकेन । उनले ‘धन्यवाद’ भनिसक्दा प्याट्ट पुट्ट ताली बजेपछि भने आफ्नै धुनमा मस्त हलको होश खुलेको थियो ।
खरेलको अध्यक्षतामा जिल्ला कार्यसमिति
सम्पन्न बन्दसत्रले रामप्रसाद खरेलको अध्यक्षतामा १७ सदस्यिय प्रगतिशील लेखक संघ सुनसरी जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । खरेल विशेष गरी रेडियो पत्रकारिताका प्रशिक्षक समेत हुन् ।
समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः जमुना श्रेष्ठ, जीबी गजल, अर्जुन विष्ट र आलोक खनाल रहेका छन् ।
सदस्यहरुमा शिवप्रसाद काफ्ले, प्रेमीका याखा, स्व मन्जिल, विशाल जी अनन्त, राज आशातित, खगेन्द्रप्रसाद भण्डारी, टिका मिलन, लक्ष्मी राय, लीलानाथ सिलवाल, रामानन्द मण्डल, विमला पोखरेल र हर्कराज चर्मकार रहेका छन् ।
प्रलेस पनि संघीय ढाँचामा जाने
संघका केन्द्रीय सदस्य भानु भण्डारीका अनुसार संघको १०औँ राष्ट्रिय सम्मेलन चैत्र २६ र २७ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ । सम्मेलनका लागि क्रियाशिल रहेका सबै जिल्ला सम्मेलनहरु सम्पन्न भई प्रतिनिधि र पर्यवेक्षक छनौटको क्रम जारी रहेको उनले बताए । निकट भविष्यमा नै १ नम्ब प्रदेश सम्मेलन गर्ने तयारी भइरहेको उनले बताए ।
सम्मेलनमा प्रत्येक जिल्लाबाट १ सय सदस्य बराबर १० जना प्रतिनिधि छनौट हुनेछन् । पर्यवेक्षक भने १ सय सदस्य बराबर ७ जनाका दरले छानिने छन् । राष्ट्रिय सम्मेलनले केन्द्रीय समिति र परिषद छनौट गर्नेछ ।
सम्मेलनमा नयाँ संविधानअनुसारको ७ प्रदेशमा छुट्टाछ्ट्टै क्रियाशील हुनेगरी ७ वटा प्रदेश समितिको व्यवस्था रहेको विधान प्रस्ताव गरी पारित गरिनेछ ।
http://esamata.com बाट साभार
No comments:
Post a Comment