वर्ष दिनअघि ‘म किन प्रगतिशील भएँ’ भन्दै गुुरुङ सुुशान्तले लेखेका थिए। कुुनै लेखक वा कवि प्रगतिशील किन हुुने भन्ने एक असल आशयसहित अन्नपूर्ण पोस्ट्ले गराएको बहसको सन्दर्भमा आएको विचार थियो त्यो।
त्यसो त प्रगतिशील लेखक संघको महाधिवेशनको सन्दर्भलाई यस्तो बहसले थप ताजगी गरेको थियो। प्रलेसको महाधिवेशन सकिएको एक वर्ष नाघ्यो होला, तर यसका सदस्य पदाधिकारी ‘लेखकहरू’को चिन्तन र प्रगतिशीलता भने मत्थर बन्दै गएको छ।
सबैभन्दा अनौठो र उदेकलाग्दो प्रलेसका एक जिम्मेवार पदाधिकारी, जो एमाओवादी केन्द्रका पोलिटब्युुरो सदस्य पनि छन्, तिनले विश्व हिन्दुु महासंघ गणतान्त्रिकको जिम्मेवार तहमा बसेर कार्यभार सम्हालेछन्।
प्रलेसमा अनौपचारिक रूपमै ती ‘हिन्दुुवादी÷माओवादी प्रगतिशील लेखक’का बारेमा केही प्रश्न उठे। केही कार्यक्रममा उनीसँग सवालजवाफ पनि भयो। ‘विश्व हिन्दुु महासंघमा किन ? ’ भनी उनलाई प्रश्न तेस्र्याउँदा उनले आफू ‘विश्व हिन्दुु महासंघ’ नभएर ‘गणतान्त्रिकवाला हिन्दुु महासंघ’ कित्तामा रहेको भन्ने चटके जवाफ दिए। ती पदाधिकारीको प्रसंग अहिले प्रलेससभित्र ‘फेसबुुके बहस’ पनि बन्यो।
नेपालका ‘प्रगतिशील लेखक’हरू कहाँ छन् ? उनीहरूको चिन्तन कतिसम्म यथास्थितिवादी र अझै प्रतिगामी छ ? भन्ने बुुझ्न यो सन्दर्भ जोडिएको हो।
त्यसो त, प्रलेसको महधिवेशनकै बेला पनि हामीलगायत केही युुवा लेखक साथीहरूले ‘प्रगतिशील लेखक संघ अब प्रतिगामी लेखक संघमा रुपान्तरण भयो’ भनी आलोचना गरेका थियौं। अहिले पनि ‘प्रगतिशील लेखक संघ अब प्रतिगामी लेखक संघ बनिसक्यो’ भन्ने टिप्पणीमा झन् बढी विश्वस्त छुु।
यथार्थमा हामी अधिकांश प्रलेसमा रहेका लेखकहरू हरेक राजनीतिक घटनाक्रमसँगै ओरालो यात्रामा छौं। हाम्रो आलोचनात्मक विश्लेषण, सिर्जनशीलता र विचार यति खस्किसकेछ कि हुुँदाहुुँदै प्रलेसका पदाधिकारीहरू नै धार्मिक संगठनमा सक्रिय छन्। त्यस्ता सयौं ‘प्रगतिशील लेखक–कविहरू’ छन्, जो धमाधम अर्धभूमिगत शैलीमा हिन्दुुवादी समूहमा कुुनै न कुुनै रूपमा जोडिन थालेका छन्।
‘प्रगतिशील लेखक–कवि’को भारी बोकेर वर्षौंदेखि हिँडिरहेका थुुप्रै ‘लेखक÷कवि’हरू अहिले पनि हरेक बिहान मन्दिरमा गएर घन्ट बजाउँछन्, पूजा गर्छन्, दिउँसो पेसेवर रूपमै जजमानी गर्छन्। गुुजारा चलाउन सरकारी विज्ञापन छोप्ने गरी साप्ताहिक पत्रिका चलाउँछन्। समय मिले विदेशी कविहरूले सय वर्षअघि लेखेका थोत्रा कविताको भावांश आफ्नो लयमा उतार्छन् र छोटो निबन्धजस्तो बनाएर पट्याउँछन्। प्रतियोगितामा पनि सहभागी हुुन्छन्। छनोटमा नपरे राष्ट्रिय दैनिक पत्रिकामा ती कविता बुुझाउँछन्। छापिएन भने अनलाइन पोर्टल र त्यहाँ पनि नछापिए फेसबुुक रंग्याएर आत्मरतिमा रमाउँछन्। तैपनि आफूलाई ‘प्रगतिशील लेखक÷कवि’ भनिरहन्छन्।
यो प्रवृत्ति कुुनै अमूक व्यक्तिको नभएर आम ‘प्रगतिशील लेखक’हरूको नियति हो। वर्षौंदेखिको बानी हो यो। सोच र चिन्तन यति स्खलित र दरिद्र भइसकेको छ कि प्रलेसमा अब धर्म र ईश्वरबारे बहस सुुरु गर्नुुपर्छ भन्दै आवाज उठ्छ। पदाधिकारीहरूले नै यस्तो बहसको माग गर्न थालेपछि प्रलेसलाई ‘प्रतिगामी लेखक संघ’ किन नभन्ने ?
त्यसो त, प्रगतिशील लेखक बन्न कुुनै संगठनमा बाँधिरहनुु आवश्यक छैन। तर, उस्तै विचार समूहका लेखकहरूको समूह बनाउनुु अन्यथा पनि भएन। मुुख्य कुुरा त, लेखक स्वयं प्रगतिशील छ कि छैन भन्ने नै हो। उसले उठाउने मुुद्दा कति मानवीय छ, समाजलाई उसले हेर्ने दृष्टिकोण कति वैज्ञानिक र व्यावहारिक छ। यही त हो प्रगतिशीलता !
प्रगतिशील लेखक संघका आम ‘लेखकहरू’को मनमस्तिष्कमा अचेल एउटा डरलाग्दो विचारले हरेक दिन हिर्काइरहेको छ। त्यो के भनेः ‘हाम्रो भाषा लोप हुुन लाग्यो। पूर्वीय सभ्यता त पश्चिमभन्दा उन्नत पो हो ! हामी आफैंले बुुझ्न सकेनौं। विदेशी विचारको पिछलग्गुु बन्यौं हामी। यसरी भएन। हाम्रो धर्मलाई विदेशी धर्मले खाइसक्यो। अझै हामी बौद्धिकहरू टुुलुुटुुलुु हेरेर बस्ने कि लेख्ने !’
कुुनै सिद्धान्त, वाद वा विचारप्रति तबसम्म विश्वास गरिन्छ, जबसम्म त्यसलाई ‘क्रस’गर्ने गरी अर्को विचार उत्पादन हुुँदैन। अर्थात्, हामी जे कुुरामा विश्वास गरिराखेका छौं, त्यसलाई ढाल्ने गरी अर्को नयाँ विचार उत्पादन भयो भने अघि गरेको विश्वास स्वतः ढल्छ नि ! जसरी कुुनै बेला पृथ्वीलाई सूर्यले परिक्रमा गर्छ भन्ने कुुरा एउटा विश्वास थियो, तर पृथ्वीले सूर्यलाई घुुम्ने कुुरा पुुष्टि भएपछि अघिल्लो विश्वास स्वतः भ्रम बन्यो। यसरी असल विचार र मान्यता त विश्वव्यापी एउटै पो हुुन्छ। नेपाली वा विदेशी। मानवीय भावना, उनीहरूका दुुःख उस्तै त हुुन्। यसमा साम्प्रदायिक चस्माले हेरिरहनुु पर्दैन।
‘क्रिस्चियन धर्मभन्दा हिन्दुु धर्म नै राम्रो’ भनेर बहस गर्नुुपर्ने समय हो त यो ? धर्म, ईश्वर छन् कि छैनन् ? कुुन देशको धर्म राम्रो–नराम्रो ? भन्ने जस्ता विषय प्रगतिशील लेखकहरूले बहस गर्नुुपर्ने विषय हुुन् त ? तर भइरहेको छ यही।
बरु अहिलेसम्मको स्थापित र पुुष्टि भएका वैज्ञानिक मान्यता र विश्वाससँगै थप के कस्ता विचार जन्मिए ? ती नयाँ विचार आम मानव जीवनमा कति उपयुुक्त छ ? भन्नेबारे खोज र अध्ययन गर्नुुपर्ने पो हो त।
कसैले कवि वा लेखक भनिदिओस् भनेर घिसिपिटी गरिरहने दुुःख जसले गर्छ, यथार्थमा ऊ मन्दिरको पुुजारी, चर्चको पास्चर वा गुुम्बाको भिक्षुुभन्दा बढी केही होइन। प्रगतिशील त झन् हुुँदै होइन।
तर, हाम्रो यथास्थितिवादी चिन्तनले अब धर्म र ईश्वरको बारेमा बहस गर्नुुपर्ने हाम्रो नियति भइदियो। अध्ययनको दायरा फराकिलो नहुुँदा अन्ततः बिहानभर मन्दिरमा पूजा गरेर चन्दनको टीका लगाउने, दिनभर ‘कवि तथा लेखक’को भनिदेओस् भनेर गर्मीमा पनि बाक्लो कोट लगाएर हिँड्ने। यसरी कहीँ न कहीँ हामी प्रगतिशील लेखक भनिएका लेखकहरूको चिन्तनमा समस्या छ। पशुुपतिनाथ मन्दिरमा गएर शिवजीको पूजा पनि गर्ने अनि ‘प्रगतिशील हुुँ’भन्न पनि नछोड्ने प्रवृत्तिले नै प्रगतिशील लेखक संघलाई प्रतिगामी लेखक संघ बनाइसक्यो। अहिलेको अत्याधुुनिक युुगमा समृद्ध मुुलुुकका लेखक के मुुद्दा उठाउँदैछन् ? हाम्रै छिमेकी मुुलुुकका लेखकहरूको बहसको विषय के बन्ने गर्छ ? यस्ता आमविषयमा नेपालका प्रगतिशील लेखकहरू जानकारसमेत नहुुनुु गम्भीर विडम्बना हो। यसले स्वयं ‘प्रगतिशील’ बन्न हिँडेको लेखक तथा कवि असली प्रगतिशील बन्न नपाउँदै प्रतिगामी बन्न पुुग्छ।
प्रलेसका केही पदाधिकारीको समेत गुुनासो छ, ‘पुुँजीवादी मिडियाले हाम्रा रचना छाप्दैनन्।’ सोही भीडको प्रतिनिधित्व गर्ने एक नयाँ कविले बागबजारको चियापसलमा चिया पिउँदै कुुण्ठा पोख्दै थिए। त्यसो त केही महिनाअघिससम्म उनी साझा प्रकाशनको ‘गरिमा’लाई ‘सरकारको पुुँजीवादी पत्रिका’ठान्थे। तर, अचेल उनकै भाषामा उक्त पत्रिका सुुध्रिएछ। किनकि, अचेल ‘गरिमा’को अनियमित अंकमा उनको एक थान कविता पनि छापिएछ। ती ‘प्रगतिशील कवि’लाई गरिमा पत्रिका त्यतिन्जेल पुुँजीवादी लाग्यो, जतिन्जेल आफ्नो कविता छापिएन।
देशभर सयौंको संख्यामा ‘प्रगतिशील लेखक तथा कवि’ छन्। सदस्यता बोकेर बसेका छन् ती। र, प्रगतिशील भएको प्रमाण पनि त्यही सदस्यता मात्रै हो। तिनका कविता र लेखमा कुुनै प्रगतिशील धार पाइँदैन। विस्तारवाद, साम्राज्यवाद, दलाल नोकरशाही भन्न थालेको ५० वर्ष बढी भइसक्यो। यस्तो लाग्छ, नेपाली ‘प्रगतिशील लेखकहरू’को जन्म नै साम्राज्यवादी र विस्तारवादीलाई गाली गर्नकै लागि भएको हो। उनीहरूको जीवनभरको लेखन र कविता साधना साम्राज्यवाद र विस्तारवादकै नाममा भएको हो।
म प्रस्ट र सचेत छुु, साम्राज्यवाद र विस्तारवादी प्रवृत्तिले हाम्रो जस्तो मुुलुुकमा सामाजिक, राजनीतिक असर पार्छ। तर, यसको स्वरूप र शैली पनि बदलिन सक्छ। बिर्सन नहुुने कुुरा नेपालका ‘प्रगतिशील लेखकहरू’ले प्रशंसा गर्दै आएको छिमेकी मुुलुुक चीन विश्वव्यापी रूपमा नम्बर एक साम्राज्यवादी बन्ने प्रतिस्पर्धामा छ।
‘फिल्म क्रिटिक’ अनुुप सुुवेदीसँगको हालैको एक बसाइमा हस्ताक्षरबारे लेखिएको एउटा विदेशी कविता सुुन्न पाएको थिएँ। कविताको मजवुुन थियो— मानिसहरू हस्ताक्षर एउटै गर्छन्, जीवनभर एउटै हस्ताक्षर गर्नुु भन्छन्। तर, म जीवनभर एउटै हस्ताक्षर गरिरहन सक्दिनँ। जागिर सुुरु गर्दा गरेको हस्ताक्षर ३० वर्षपछि जागिर छोड्दा पनि उस्तै हस्ताक्षर गर्न त कसरी सकिन्छ र !
नेपालका स्वघोषित प्रगतिशील लेखक तथा कविहरू उक्त कवितामा भनिएझैं जीवनभर आफ्नो हस्ताक्षर बदल्न सकिरहेका छैनन्। अझै भनौं, आफ्नो हस्ताक्षर बदल्न तयार छैनन्। पछिल्लो पुुस्ताका प्रगतिशील कविहरूलाई व्यंग्य गर्दै मैले नै भनेको थिएँ, अचेल यो देशलाई दुुई ‘क’बाट खतरा छ। एक ‘कवि’ र अर्को ‘कम्युुनिस्ट’।
गलत नबुुझियोस् ! विश्वका श्रमिक र श्रमको मूल्यको अधिकार उठाउनेहरूको पक्षमा म सधैं छुु। मेरो पहल पनि यसमै हुुनेछ। साँच्चिकै नयाँ सिर्जना, विचार र कविताप्रति मेरो सम्मान नै छ।
समस्या नेपालमा अचेल यस्तो भइदियो कि कम्युुनिस्ट, प्रगतिशील लेखक तथा कवि, धार्मिक अभियन्ता उस्तै भइदिए। ती पक्का कर्मकाण्डी छन्। विश्वका थुुप्रै समृद्ध मुुुुलुुकमा कवि, लेखक, नागरिक अगुुवाहरूको व्यापक सम्मान छ। किनकि तिनको प्रभाव पनि बेग्लै छ।
एक प्राध्यापकले बेलायत भ्रमणपछि लन्डनमा भएको एक कार्यक्रमका बारेमा सुुनाएका थिए। कार्यक्रमस्थलमा बसिरहँदा हलमा भएका थुुप्रै सहभागी अचानक सतर्क भएछन्। नेपाली प्राध्यापकले केही बिग्रिँदैछ कि भनेर सबैलाई हेरेर निकटका मित्रलाई ‘किन यस्तो स्तब्धता ? ’ भनेर सोधेछन्। उनले सोधिरहँदा एकजना कोरियाली कवि कार्यक्रम हलमा छिरिरहेका थिए।
हाम्रा कविहरू, प्रगतिशील लेखकहरू समाजको अगुुवा किन बन्न सक्दैनन् ? राजनीतिक दललाई नयाँ विचारको दबाब दिन किन सक्दैनन् ? बरु उल्टै समाजमा ‘कवि’, ‘लेखक’जस्तो गरिमाको बदनाम भइरहेको छ। अवस्था यस्तो छ कि समाजमा कसैले कवि वा लेखक भन्यो भने आममान्छेहरू हाँस्छन्। हाम्रा ‘प्रगतिशील लेखक कविहरू’लाई भने आफ्नै मजाक भइरहँदा पनि ‘कवि तथा लेखक’को गह्रुुँगो भारीले काँध थाकेको छैन।
कवि÷लेखक हुुनुु भनेको त स्वयं प्रगतिशील र महानतम् कार्य पो हुुनुुपर्ने हो। निरन्तर अध्ययन र आलोचनात्मक पो हुुनुुपर्ने हो। राजनीतिकर्मीहरूलाई सर्जकहरूले पछि लगाउनुुपर्ने पो हो। हामीकहाँ त राजनीतिकर्मीहरूको पछिपछि छन् लेखक तथा कविहरू। नेताले भाषण गरिदिन्छ। त्यसको टिप्पणीस्वरूप कविता सिर्जना हुुन्छ। उनीहरू के पनि भन्छन् भने अहिलेको समय विकास र समृद्धिको हो।
प्रस्ट हुुनुु लेखक÷कविहरू सडक फराकिलो बनाउन बाटो खन्न जानुुपर्ने हैन, रेलको लिक बनाउन जानुुपर्ने कवि÷लेखकको ड्युुटी हैन। ‘विकास र समृद्धि’को काम राज्यको हो। अझै धेरै काम ठूला मुुलुुक वा पुुँजीपतिहरूको ‘बिजनेस’हो। लेखन र सिर्जनाको उद्देश्य त मानवीयता नै हो। आममान्छेको जीवनमा चेतना र ज्ञानको गति दिनुु हो। जुुन निरन्तर अध्ययन र आलोचनात्मक सोचले नै सम्भव छ।
कसैले कवि वा लेखक भनिदिओस् भनेर घिसिपिटी गरिरहने दुुःख जसले गर्छ, यथार्थमा ऊ मन्दिरको पुुजारी, चर्चको पास्चर वा गुुम्बाको भिक्षुुभन्दा बढी केही होइन। प्रगतिशील त झन् हुुँदै होइन।
No comments:
Post a Comment