Thursday, April 11, 2019

गुण र दोषको आधारमा समर्थन र विरोध गर्नुपर्छ ? - प्रा. डा. जीवेन्द्र देव गिरी


प्रगतिशील लेखक संघको केन्द्रीय अध्यक्षमा प्रा. डा. जीवेन्द्र देव गिरी सर्वसम्मत निवार्चित हुनुभएको छ । नेपालको प्रगतिशील लोकसाहित्यको क्षेत्रमा अविरल साधनारत गिरीले प्रज्ञा प्रतिष्ठानको सदस्यसचिव र त्रिविको प्राध्यापक जिम्मेवारी पूरा गरी सक्नुभएको छ । । प्रलेसको नेतृत्वमा निवार्चित भइसकेपछि गिरीका सामुन्यमा केही वैचारिक प्रश्नको समाधान गनुृपर्ने दायित्व आएको छ । प्रस्तुत छ, प्रलेसमा उठिरहेका सवालका साथै आगामी कार्यभारबारे अध्यक्ष गिरीले जनता समाचार डटकमका लागि नरेश न्यौपानेसँग गर्नुभएको संक्षिप्त संवाद :
तपाईं सर्वसम्मत नेतृत्वमा चुनिनुभएको प्रलेस अब कसरी अघि बढ्छ, कस्तो योजना बनाउनुभएको छ ?
सम्मेलनपछि केही दिन अघिमात्रै पुरानो कमिटीले निवार्चित कमिटीलाई सबै कागजात र अधिकार औपचारिक रुपमा हामीलाई हस्तान्तरण गरेको छ । प्रलेस नेपालका तमाम प्रगतिवादी स्रष्टाको साझा मोर्चा हो । मैले यसलाई निवार्चित भएर आएका संगठनका मात्रै होइन, त्यो भन्दा बाहिर रहेका सम्पूर्ण प्रगतिशील लेखक एवं स्रष्टाहरुसँग घनिभूत छलफल, बहस र संवाद गरेर नै अघि बढाउने सोच बनाएको छु । सबैको राय, सल्लाह लिंदै खासगरी हाम्रो केन्द्रीय समिति र राष्ट्रिय परिषद्मा रहेका सम्पूर्ण साथीकोे निर्णयका आधारमा सम्मेलनले तोकेको जिम्मेवारी पूरा गर्ने तर्फ नै मेरो जोड रहनेछ ।
सरकारले केही गरेन भन्ने पक्षमा म छैन् । तर मुलुक परिवर्तनको जुन जनअपेक्षा छ, त्यो रातारात हुने कुरा होइन । सरकारले जुन रफ्तारमा काम गर्नुपथ्र्यो त्यस्तो भइरहेको छैन भन्ने सबैलाई लागिरहेकै छ नि ?
तपाईं नेतृत्वमा आएकै समयमा केही लेखक असन्तुष्ट देखिनुहुन्छ, उहाँहरुलाई कसरी समेट्नुहुन्छ ?
म नेतृत्वमा आएको बेलामा मात्रै होइन, यस्ता घटना पहिले पनि भएका छन् । त्यतिबेला पनि हाम्राबीचमा देखिएको दुरी हामीले समाधान गरेका थियौं । बहस र छलफल हुने ठाउँमा यस्ता प्रश्न उठ्नु स्वभाविक हुन्छन् तर समाधान गर्दै जानुपर्छ । यसकारण अहिले सानातिना कारणले केही असन्तुष्टि देखिए पनि प्रगतिशील आन्दोलन विभाजन हुँदैन भन्नेमा म आशावादी छुँ । हामी एकजुट हुनुको विकल्प पनि छैन् । असन्तुष्ट साथीहरुले उठाएका विषयप्रति हामी गम्भीर छौं र छिट्टै नै उहाँहरुसँग संवाद थालेर सहमति खोज्ने प्रयास गर्नेछौं । गतिविधि गर्दा उहाँहरुलाई खबर गर्ने, सूचना गर्ने र जोडेर नै हामी अघि बढ्ने प्रयत्न गर्नेछौं । उहाँहरुसँग कुराकानी गर्न हामीले शुरु गरिसकेका छौं ।
तर उहाँहरुले त बेग्लै प्रलेस गठनको तयारी गरिरहनुभएको छ भन्ने सुनिन्छ, नि ?
यो त उहाँहरुको विचार हो । तर उहाँहरुले त्यसो गर्नुभयो भनेपनि प्रलेसले आफ्नो २००९ सालदेखिको जुन परम्परा छ, त्यसमा तल्लीन भएर काम गरिरहनेछ । अर्को संगठन बनाइहाल्नुभयो भने त्यो पनि नेपालको प्रगतिशील आन्दोलनकै लागि सारथी बन्नेछ भन्ने मेरो विश्वास छ । हामी सँगसंगै हुनेछौं । यस्तै खालका अरु संघसंस्था पनि थुप्रै छन, जसले प्रगतिशील आन्दोलनलाई आ आफ्नो ठाउँबाट सघाइरहेका छन् । बेग्लै बेग्लै भएपनि ती सबैले गर्ने कामले प्रगतिशील आन्दोलनलाई नै बलियो बनाउने छ । उहाँहरुले उठाउने वर्गीय तथा सामाजिक असमानता, अन्धविश्वास, जातिय विभेद, अन्याय र मुक्तिका सन्दर्भमा बोल्ने, लेख्ने सिर्जना हाम्रा सम्पत्ति हुनेछन् । हामी आफै पनि योजनावद्द रुपमा काम गर्नेछौं ।
उहाँहरुले त तपाईहरुले प्रलेसलाई आजको सत्तारुढ नेकपाको भातृसंगठन बनाउने काम गर्नुभयो, त्यसैले बाहिरिएको बताउनुभएको छ नि ?
उहाँहरुले त्यसो भन्नुभएको होला । तर यसमा अहिलेपनि चार घटक संलग्न छन् । एउटा कम्युनिष्ट पार्टी सरकारमा गयो भनेर सबैले त्यसका विरुद्द लाग्नुपर्छ भन्ने विचार पनि कतै सही हुन्छ र ? सरकारले गरेका राम्रा कामको प्रशंसा र नराम्रा कामको आलोचना गर्ने काम होइन र प्रलेसको ? के प्रगतिशील संस्कृतिकर्मीले सरकार वामपन्थीको छ भन्दैमा सरकारले गरेका नराम्रा कार्य पनि समर्थन गर्ने हुन्छ र ? यसो भन्दैमा सरकारले जे गरेपनि आलोचना मात्रै गर्ने अतिवादी सोच प्रलेसले स्वीकार्न सक्दैन । प्रलेसले त गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने होइन र ? त्यसैले अत्यन्तै उग्र कुरा गर्नेहरु अत्यन्तै मन्द कुराको विपरीत हुन्छन् भन्ने मलाई लाग्छ । हामीले चर्का कुरा गर्ने होइन कि सन्तुलित ढंगले अघि बढ्ने हो ।
त्यसो भए कम्युनिष्ट आन्दोलनमा आज जुन विचारमा स्खलनको प्रश्न उठेको छ, यसका आधारमा प्रलेसले सरकारको मुल्याङ्कन कसरी गर्छ ?
सरकार योजना, निर्णय तथा र भइरहेका कार्यलाई हामीले नजिकबाट नियालिरहेका छौं । सरकारका अगाडि धेरै चुनौती छन् । हिजोको जटिल अवस्था पार गरेर यो सरकार बनेको छ । संविधानलाई कार्यानवयन गरेर जानुपर्ने प्रमुख चुनौती छदैंछ । सरकारले केही गरेन भन्ने पक्षमा म छैन् । तर मुलुक परिवर्तनको जुन जनअपेक्षा छ, त्यो रातारात हुने कुरा होइन । सरकारले जुन रफ्तारमा काम गर्नुपथ्र्यो त्यस्तो भइरहेको छैन भन्ने सबैलाई लागिरहेकै छ नि ? राज्यसत्ताको पुरानो संरचनासंग सरकार जुधिराखेको छ । त्यसैले सरकारको आलोचना गर्न हतारिनुपर्ने बेला भइसकेको छैन् ।
कम्युनिष्ट पार्टीको नेतृत्व तहमा विचारलाई व्यवहारमा लागू गर्ने सन्दर्भमा विचलन आइरहेको त सत्य हो नि ?
यो मूलतः व्यक्तिमा भर पर्ने कुरा हो । तर नेतृत्वमा रहेका सबै मानिस सबैलाई एउटै किसिमले हेर्नुहुँदैन । कतिपय मानिस मरेर पनि विचारको पक्षमा समर्पित भएर लागिरहेका छन् । कसैले आफू उभिएको धरातल बिर्सिएको छ भने उसले पनि त सुध्रिनैपर्छ नि । आजपनि मान्छेहरुको भरोसा कम्युनिष्ट पार्टीप्रति नै छ । लेखकीय हिसाबले हामीले सच्याउने भुमिका खेल्ने हो ।
www.janatasamachar.com बाट साभार 

No comments:

Post a Comment